• २०८१ माघ १७ गते बिहिवार

आर्टिकल्स पेपर, काठमाडौँ । कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका वडा नं. ३ स्थायी घर भएका मधुसुदन ओझा हाल काठमाडौँमा बस्नुहुन्छ ।

इपिएस प्रणाली मार्फत रोजगारीका लागि लामो समय दक्षिण कोरिया गई श्रम गर्नुका साथै कोरियामा रहेका प्रवासी श्रमिकहरुको हक, अधिकारी र समस्याहरुको समाधानका विषयमा कोरियामा रहेका प्रवाशी श्रमिकहरुको हक अधिकारका लागि गठित प्रवासी श्रमिक युनियन (एमटियु) को महासचिवको जिम्मेवारीमा रहेर कोरियन सरकारलाई खबरदारी गर्ने काममा अग्रसर रहनुभयो ।

गतवर्ष नेपाल फर्किनुभएका ओझाको स्वास्थ्यमा अकस्मात खराबी आयो । उहाँको दुईओटै मृगौलाले करिब ८५ प्रतिशत काम गर्न छोडेपछि धनगढि स्थिति सेती प्रादेशीक अस्पतालमा भर्ना हुनुभयो । करिब तिन हप्ता आइसियुमा अचेत अवस्थामा उपचार गराइरहनुभएका ओझाको स्वास्थ्य सुधार हुन्छ भन्नेमा उहाँका घर परिवार, आफन्तहरुको आसाको दुरी बढ्दै गएको थियो । प्राय आफन्त र परिवारहरु निरास हुँदै गएका थिए ।

तर चिकित्सकहरुको अथक प्रयास, परिवार, आफन्त र साथिभाइहरुको सहयोगका साथै उहाँको आत्मबलका कारण क्रमश स्थास्थ्यमा सुधार हुँदै अहिले उहाँ खतरामुक्त भइसक्नुभएको छ । साथै सामान्य जीवनको कामकाजमा फर्किसक्नु भएको छ ।
हाल उहाँ काठमाडौँको बागबजारमा स्थित हाम्रो कोरियन भाषा सेन्टर स्थापना गरी आप्mनो उपचार खर्चका लागि जोहो र कोरियन भाषा अध्ययन गरी वैदेशिक रोजारीमा कोरिया जानेहरुका लागि सेवा गर्ने उदेश्यले निम्नतम शुल्कमा कोरियत भाषा प्रशिक्षकका रुपमा काम गरिरहनु भएको छ ।

मुनलाइट इन्टरनेशनल मिडियासँगको विशेष संवादमा उहाँको स्वास्थ्य अवस्था, कोरियन भाषा र दक्षिण कोरियामा प्रवासी मजदुरहरुका विषयमा संवाद गरिएको छ ।

(संवादको पुरा भिडियो)

Leave a Reply

Your email address will not be published. Required fields are marked *