एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

कविता : म एक प्रकृति

217
shares

स्वतन्त्र बगेको म समुद्र, नदी, नाला, खोला
यहाँ बुज्दैन मनुष्य मेरो अस्तित्व मेटिए के होला
म आफैँ वालुवामा विलीन हुन्छु
ढुङ्गा उछिन्ने सामर्थ्य राख्छु ।

बगरको झिटिझाम्टा सबै बगाँउछु
जब म वेगसरि सुसाएर आउँछु
मेरो अगाडि खतराको साइरन् बजाँइन्छ
कठै ! रोकिन जान्दिनँ म ।

प्रकृति किन सम्झौताको बाधँ काट्छ
काल बनि आउँन् बाध्य बनाउँछ
किन मनुष्य मेरो सीमा नाग्छ
उचाल्न गाह्रो पर्ने मृत्यु शरीर उढाउँछ ।

हावा आग्लागी जब त्यही शरिर खरानी बन्छ
जोगि बनाउँछ प्रकृतिले बिचार गर्दा राम्रो हुने
मलाई पनि माया गर्दै, संरक्षण गर्दा
आहा मनुष्य मेरा लागि कति राम्रो हुने ।

साच्चै हजारौंपटक सरापिन्छु
प्रकृति जब बाढी, पहिरोले निर्दोष
यहाँ टेक्न मान्दैन खुट्टा मनुष्य
कठै ! जब निर्दोषको पैतालामा आगो लाग्छ
साँच्चै जब पैतालामा आगो लाग्छ ।

अनु अर्याल
धनगढी, हालः चितवन