नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र औपचारिक शुभकामना सन्देशहरूमा एउटा भाषिक...

पुरा पढ्नुहाेस्

काठमाडौँ । दशैँमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप...

पुरा पढ्नुहाेस्

फोटो पत्रकारहरुको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको अन्तिम तयारी पुरा

1.58K
shares

काठमाडौं: फोटो पत्रकारिता दिवसको अवसरमा यहि बैशाख १३ गते नेपालका फोटो पत्रकार र बंगलादेशका फोटो पत्रकारबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ ।

राष्ट्रिय फोटो पत्रकार समुह नेपाल (एनएफपीजे)ले आयोजना गरेको उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको एनएफपीजे नेपालका अध्यक्ष तथा टिम क्याप्टेन प्रदीपराज वन्तले जानकारी गराए । एन्फा कम्प्लेक्स सातदोबाटो ललितपुरमा वैशाख १३ गते विहान ७ बजेदेखि ९ बजेसम्म हुने प्रतियोगितामा २३ सदस्यीय फोटो पत्रकार टोलीको घोषणा गरिएको एनएफपीजेका कार्यवहाक महासचिव घनश्याम श्रेष्ठले जानकारी दिए ।

नेपाललाई फोटोको माध्यमबाट नभई खेलकुदको माध्यमबाट पनि पर्यटन प्रवर्द्धनको निम्ति अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउनको लागि राष्ट्रिय फोटो पत्रकार दिवसको अवसरमा एनएफपीजेले पहिलो पटक यो मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरेको एनएफपीजेका उपाध्यक्ष तथा टिम म्यानेजर सुशिल श्रेष्ठले जानकारी दिए ।

नेपाली टोलीहरु प्रदीप कुमार श्रेष्ठ (गोलकिपर), प्रदीपराज वन्त (क्यापटेन), अनुप प्रधान, दिपेन्द्र महर्जन, शंकर भुजेल, प्रवीन कुलुङ राई, दिवाकर सेन, केशव गुरुङ, सुबास मुखिया सुनुवार, लकेश लिम्बु, सुमन लिम्बु, दिलीप बैद्य, घनश्याम श्रेष्ठ, मुकुन्द कालिकोटे, सागर श्रेष्ठ, सुनिल बज्रचार्य, हरिसजंग क्षेत्री, भगवती थापा, देवकी विष्ट, अजय लेन्समेन, बिवेक गुरुङ, कविन्द्रमान शाक्य, राजेन्द्र चित्रकार रहेका छन् ।