एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

कविता : नयाँ वर्ष

175
shares

पोहोर साल जस्तै यसपालि फेरि
एक थान नयाँ वर्ष आएको छ
नयाँ पात्रो आएको छ
वसन्त छाएको छ किनकि
रूखहरूमा
पालुवा पलाएको छ,
हरिया मुनाहरू
मान्छेका फुस्रा ओठलाई गिज्याइरहेछन्
किन मान्छेहरूमा
ऋतु आउँछ तर पालुवा आउँदैन ?
प्रत्येक वर्ष आउँछ
एक वर्ष उमेर बढाउँछ, जान्छ
सुख बोकेर आउनुपर्ने हो
तर भोक, रोग, शोक बोकेर किन आउँछ ?
दिमाग दिग्दारिन्छ
नयाँ वर्षको चालामाला देखेर
खोलो सङ्लिन्छ, फूल मगमगाउँछ
हिमाल हाँस्ता किन भोको पेट रोइरहन्छ ?

हो ! नयाँ वर्ष यसपटक तिमी आउँदा
परिवर्तनको दियो जलाउन
अँगालाभरि झरिलो दियालो लिएर आउनू
हुन सक्छ भने आमाका रित्ता कोखमा
शान्तिको उर्वर बिउको बालो लिएर आउनू
आउँदा रोग, भोक, शोक फालेर
ठालुहरूको बुद्धिको बिर्को फङ्लङ्ग उघारेर
असहायहरूको साथी
र, दुःखको दवाई भएर आउनू
पर्दैन भो
भित्तामा झुण्डिन मात्र आउँदै नआउनू
आउँनै पर्ने भए
मुटुभरि इमान र स्वाभिमान बोकेर आउनू ।

हो नयाँ वर्ष अब आउँदा
काँधमा चेतनाको दियो बोकेर
उन्मादको घैँटो फुटाउने एउटा लठ्ठी
र भूगोल हाँक्न सक्ने
एउटा इमानदार तन्नेरी लिएर आउनू
“नयाँ वर्ष“ तिमीलाई हार्दिक शुभकामना छ ।

टंकमणि अधिकारीद्वारा लिखित कवितासंग्रह “हिटलर र भाले”बाट साभार