• २०८१ जेष्ठ १ गते मङ्गलवार

अमेरिका ।

नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आफ्नो ‘स्थापना दिवस’ तय गरेको छ । नेजा कार्यसमितिको जनवरी २०, २०२४ मा सम्पन्न बैठकले ‘अप्रिल २१’ लाई संस्थाको ‘स्थापना दिवस’ का रुपमा मनाउने निर्णय गरेको नेजाका महासचिव बाबुराम दाहालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

जारी विज्ञप्तिअनुसार संस्था स्थापनाका लागि आधिकारिक कागजातमार्फत प्राप्त विभिन्न मितिका सम्बन्धमा नेजाका संस्थापक एवं पूर्वअध्यक्षहरूसँगको परामर्श एवं छलफलबमोजिम अप्रिल २१-२२, २००७ मा अमेरिकाको वासिङटन डीसीमा भएको संघको प्रथम अधिवेशनलाई उपयुक्त आधार मानिएको जनाइएको छ ।

कार्यसमितिको संस्थापक/पूर्वअध्यक्ष एवं सल्लाहकारहरूसँगको संयुक्त बैठकले अप्रिल २१ लाई ‘नेजा दिवस’ मनाउने निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यसैगरी, ‘अप्रिल २१’ लाई ‘नेजा स्थापना दिवस’ घोषणा गरी कार्यान्वयन गर्ने र सो दिन संस्थाका लागि महत्त्वपूर्ण हुने हुँदा संस्थाको विधानमा समेत समावेश गरेर जाने विज्ञप्तिमा बताइएको छ ।

यस्तै, नेजाको स्थापना दिवसको अवसरमा संस्थाको गरिमालाई उच्च बनाउने एवं आमसमुदायको हितअनुकूल विशेष एवम् फलदायी कार्यक्रमको आयोजना गरेर सो दिवस मनाउने नेजाको उद्देश्य रहेको फेब्रुअरी १, २०२४ मा जारी गरिएको सो विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *