नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र औपचारिक शुभकामना सन्देशहरूमा एउटा भाषिक...

पुरा पढ्नुहाेस्

काठमाडौँ । दशैँमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप...

पुरा पढ्नुहाेस्

हलेसी तुवाचुङ नगरपालिकाको प्राङ्गणमा फागुन ३ गते सार्वजनिक सुनुवाई हुँदै

1.68K
shares

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले यही फागुन ३ गते सार्वजनिक सुनुवाई गर्ने भएको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को नीति बजेट तथा कार्यक्रम सेवा प्रवाह, विकास निर्माणको विषयमा पारदर्शीता कायम गर्न तथा जानकारी दिन सार्वजनिक सुनुवाइ गर्ने तयारी गरिएको नगरप्रमुख विमला राईले बताउनुभयो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा सेवाग्राही, स्थानीय राजनीतिक दल, गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, सार्वजनिक सेवा प्रवाह गर्ने विषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधि, स्थानीय सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, उद्योग वाणिज्य सङ्घका प्रमुख तथा प्रतिनिधि, सामुदायिक सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधि, सामुदायिक विद्यालयका प्रधानाध्यापक, नागरिक समाजका प्रतिनिधि तथा नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने सबै नगरवासी नागरिकलाई सूचनामार्फत निमन्त्रणा गरिएको प्रमुख प्रशासकीय अधिकृत कैलाशबहादुर ठकुराठीद्वारा जारी सूचनामार्फत जानकारी दिइएको छ ।

सार्वजनिक सुनुवाई यही फागुन ३ गते बिहिबारका दिन बिहान ११ बजेदेखि नगरपालिकाको प्राङ्गण, दुर्छिममा हुने छ ।

नगरपालिकाद्वारा जारी सूचना