• २०८१ बैशाख ३१ गते सोमवार

काठमाडौँ : काठमाडौँको त्रिपुरश्वरस्थिति दशरथ रंगशालामा त्रिभुवन विश्वविद्यालयले ४९औँ दीक्षान्त समारोहकाे आयोजना गरेको छ । त्रिविले स्नातक, स्नातकोत्तर, विद्यावारिधी तह उत्तिर्ण गरेका विद्यार्थीहरुलाई दीक्षित गरको हो ।

कार्यक्रमको प्रमुख अतिथिमा राष्ट्रपति रामचन्द्र पौडेल, त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ लगायतका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा राष्ट्रपति र प्रधानमन्त्रीले उत्कृष्ट विद्यार्थीलाई सम्मानपत्र दिएका थिए ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयकाअनुसार यसपालि १२ हजार ४१५ विद्यार्थी दीक्षान्त समारोहमा सहभागी भएका थिए । २०७९ असार १ देखि २०८० जेठ मसान्तसम्म उत्तीर्ण गरेका विद्यार्थी समारोहमा सहभागी भएका थिए ।

स्नातक तहतर्फ ८ हजार ९८ जना, स्नातकोत्तर तहतर्फ ४ हजार १०४, एमफिलतर्फ ४४ तथा विद्यावारिधितर्फ ११२ विद्यार्थी आज दीक्षित भएका छन् । दीक्षान्त समारोहमा विभिन्न पदक र पुरस्कारसमेत वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *