काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

डा. बरालको “माया सिम्ले छौ कि जल्किनी” गीतको म्युजिक भिडियो आउँदै

1.65K
shares

आर्टिकल्सपेपर, काठमाडौं । लेखक डा. खगराज बरालको शब्दमा लोक लयमा आधारित आधुनिक गीत “माया सिम्ले छौ कि जल्किनी” छिटै सार्वजनिक हुने तयारीमा रहेको छ ।

युवा वयका दुई मायालु जोडी बिच पिरतीले भरिएको यो गीतमा राजन बरालले सङ्गीत भरेका छन् । मनोहर सुनामको एरेन्ज रहेको यस गीतमा लोकप्रिय गायिका रचना रिमाल र नवोदित गायक राजन बरालको स्वर रहेको छ ।

मुनलाइट इन्टरनेसनल मिडिया प्रा.लि. ले निर्माण गरेको म्युजिक भिडियो श्याम ढकालको निर्देशनमा तयार भएको हो । नगरकोट र साँखुको प्राकृतिक दृश्यमा छायाङ्कन गरिएको यस म्युजिक भिडियोको छायाङ्कन कृष्ण महराले गरेका छन् । यस म्युजिक भिडियोमा सन्तोषकुमार दाहाल र देवी त्रिपाठीको अभिनय देख्न सकिन्छ ।

यो म्युजिक भिडियो बडा दशैंको शुभकामनासहित मुनलाइट इन्टरनेसनल मिडिया प्रा.लि.को अफिसियल युट्युब च्यानल मुनलाइट मिडिया (@moonlightmedia3548) बाट सार्वजनिक हुनेछ ।