नेपालले संघीयताको यात्रा सुरु गर्दा एउटा ठूलो आशा बोकेको थियो— शासन प्रणाली जनतासम्म झर्नेछ,...

पुरा पढ्नुहाेस्

मार्च २८, काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०८२ चैत १३ को बैठकबाट स्वीकृत...

पुरा पढ्नुहाेस्

मार्च २५, काठमाडौं । नेपालमा भदौ २३ र २४, २०८२ मा भएको घटनासम्बन्धी गौरीबहादुर...

पुरा पढ्नुहाेस्

दृष्टि बिहिन बालबालिकाको सहयोगार्थ च्यारिटी कन्सर्ट सम्पन्न

567
shares

काठमाडौं: दृष्टि बिहिन तथा अपांगता भएका बालबालिकाको सहयोगका लागि डिलाइट च्यारिटी कन्सर्ट २०२३ आयोजना गरिएको छ । डिलाईट हेरिटेज म्यूजिक र जुजुमामा चिल्ड्रेन एजुकेशन एण्ड केयर सेन्टरले संयुक्त रुपमा कन्सर्टको आयोजना गरेको हो ।

ठमेलस्थित मर्याङ्दी होटलमा गरिएको उक्त कन्सर्टमा डिलाइट म्यूजिक स्कूलका विद्यार्थीहरुले आफुले सिकेको सांगीतिक कला प्रस्तुत गरेका थिए । शिक्षाको अभाव झेलेका दुर्गमका दृष्टिविहिन बालबालिकाहरुलाई सांगीतिक अभ्यास गराउँदै आएको जुजुमामा चिल्ड्रेन एजुकेशन एण्ड केयर सेन्टरले विगत तीन वर्षदेखि बाद्यावादन अन्तर्गत मादल, तवला, गिटार, सारङ्गी, हार्मोनियम, पीएनो, जाइलोफोन लगायतका सिप सिकाउदै आएको छ ।

ताइवानी नागरिक जेवेल चिएङले स्थापना गरेको जुजुमामा चिल्ड्रेन एजुकेशन एण्ड केयर सेन्टरबाटै उक्त सांगीतिक कक्षाहरु सञ्चालन हुँदै आएको छ । उक्त केयर सेन्टरका फाउण्डर समेत रहेकी चिएङकै सम्पूर्ण सहयोगमा विभिन्न जिल्लाका १२५ भन्दा बढी असाहय दृष्टिबिहीन बालबालिकाहरुले बाध्यबादन सम्बन्धी सबै खाले सिप सिक्दै आएको डिलाइट एक्सप्लोरिङ हेरिटेज म्युजिककका कार्यकारी अधिकृत राजेश गुरुङले जानकारी दिए ।

देशभर विभिन्न ठाउँबाट आएका दृष्टिविहीन बालबालिकाहरुलाई विगत तीन वर्षदेखि संगीत तथा बाद्यवादन सिकाउनका लागि आवश्यक खर्चको व्यवस्था ताइवानी नागरिक जेवेल चिएङले गर्दै आएको गुरुङले बताए । विद्यार्थीहरुलाई विभिन्न संस्था त्रि-नेत्र फाउन्डेशन, स्नो मञ्जुश्री स्कुल, बज्र अर्या फाउन्डेशन, सेन्टर फर डिजावेल्ड चिल्ड्रेन एशोसिएसन एण्ड बोदिचित्त डेभलपमेन्ट सोसाईटी फर्पिङले पठन-पाठन तथा खानाको व्यवस्था गरिरहेको छ । उनीहरुलाई थप व्यवहारिक ज्ञान दिनका लागि सम्बन्धित संस्थामै गएर सांगितिक ज्ञान सिकाउने गरेको गुरुङको भनाई छ । यहाँ सिप सिकेका कतिपय बालबालिकाहरुले नाचघर लगायतका विभिन्न सांगीतिक कार्यक्रममा अवसर पाउने गरेको उनले जानकारी दिए ।

सांगीतिक कार्यक्रममा भाग लिँदा उनीहरुले आर्थिक सहयोग, सम्मान तथा पुरस्कार समेत पाउने गरेको गुरुङले बताए । सो कक्षा सञ्चालनका लागि शिक्षकको व्यवस्था ताइवानी नागरिक चिएङले व्यवस्था गरेका छन् भने उनले नेपालमा विभिन्न सामाजिक कार्य गर्दै आएका छन् ।

जुजुमामा चिल्ड्रेन एजुकेशन एण्ड केयर सेन्टरले प्रत्येक वर्ष यस्ता सांगितिक कार्यक्रमहरु गर्दै आएको छ । शुक्रबार आयोजित कन्सर्टमा विद्यार्थी बालबालिकाहरुले नेपाली तथा टाइटानीक राष्ट्रिय गान, थारु गीत, लेकका हामी केटाकेटी, कौडा, घाँस काट्ने खुर्केर,सिमसिमे पानीमा, गाइत बाँध्यो, आइतबार बिहानै, डोरेमी लगायत नेपाली अग्रेजी भाषाका सांगीतिक अभ्यासहरु गरेका थिए ।