एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

विश्व कीर्तिमानी बन्दनाले खोलिन् अमेरिकामा डान्स स्टुडियो

175
shares

आर्टिकल्सपेपर, काठमाडौँ । लामो समयसम्म लगातार नृत्य गरेर विश्व कीर्तिमान राख्न सफल धनकुटाकी बन्दना नेपालले अमेरिकास्थित युलेस सहरमा डान्स स्टुडियो खोलेकी छन् ।

उक्त डान्स स्टुडियोको नाम “मारुनी डान्स स्टुडियो” रहेको छ ।

उनले लगातार १२६ घन्टा लामो समयसम्म नृत्य गरेर विश्व कीर्तिमान राख्न सफल भएकी हुन् । भारतकी Kalamandalam Hemalatha को १२३ घन्टा लामो समयको कीर्तिमानलाई पछि पार्दै बन्दनाले पहिलो स्थान ओगट्न सफल भएकी हुन् ।

मारुनी डान्स स्टुडियोमा नेपाली संस्कृति झल्कने मारुनी, झ्याउरे, तामाङ सेलो, कौडा, देउडा, जुम्बा डान्स लगायत विशेष डान्स कोर्षहरु सिकाइने मारुनी डान्स स्टुडियोकी प्रमुख तथा प्रशिक्षक बन्दना नेपालले जानकारी दिएकी छन् ।

नेपालले “खबर पाएँ…”, “अर्कै साथी” लगायत दर्जनौँ नेपाली म्युजिक भिडियोमा अभिनय गरेकी छन् ।

विश्व किर्तिमानका लागि २०७५ साल मंसिर ७ गतेदेखि १३ गतेसम्म काठमाडौँको बत्तिसपुतलि स्थित बिग फुटल्याण्ड हलमा नृत्यको आयोजना गरिएको थियो ।

उक्त आयोजनामा बन्दना नेपालले विश्व किर्तिमान चुम्न सफल भएकी थिइन् ।