• २०८१ बैशाख ३० गते आइतवार

काठमाडौं: नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. २ अर्ब ८ करोड ६३ लाखभन्दा बढी खुद नाफा गरेको छ ।

गत वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा यस वर्ष बैकको खुद नाफा २८.४४ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म बैंकले रू. १ अर्ब ६२ करोड ४३ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।

गत वर्षको तुलनामा यस वर्ष बैंकको सञ्चालन नाफा करिब २४ प्रतिशत बढी भएको हो । गत वर्ष रू. २ अर्ब ४० करोडभन्दा बढी सञ्चालन नाफा गरेको बैंकले यस वर्ष रू. २ अर्ब ९८ करोडभन्दा बढी सञ्चालन नाफा गरेको हो । दोस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा भने रू. १ अर्ब ६० करोडभन्दा बढी ऋणात्मक रहेको छ ।

मेगा बैंकसँग मर्जर प्रकृया पुरा गरी पुस २७ गतेदेखि एकिकृत कारोबार गरेपछि बैंकको चुक्तापूँजी रू. ३४ अर्ब १२ करोड ८५ लाख ९५ हजार पुगेको छ । बैंकको रिटेन्ड अर्निग रू. १ अर्ब ६० करोडभन्दा बढी ऋणात्मक रहेको छ । जगेडा कोष रकम भने रू. २३ अर्ब ५५ करोडभन्दा बढी कायम भएको छ ।

दोस्रो त्रैमाससम्म बैंकले रू. ३ खर्ब ५५ अर्ब २३ करोडभन्दा बढी निक्षेप संकलन गरेको छ भने रू. ३ खर्ब १७ अर्ब ८९ करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ । गत वर्ष २ दशमलव शून्य ६ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा यस वर्ष बढेर ३ दशमलव ७१ प्रतिशत पुगेको छ । वार्षिक  प्रतिशेयर आम्दानी रू. १५ दशमलव ६१ रहेको बैंकको प्रतिशेयर नेटवर्थ रू. १६४ दशमलव ५१ रहेको छ ।

साभार : अखबार नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *