• २०८१ बैशाख १७ गते सोमवार

काठमाडौंः आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा । धार्मिक मान्यता अनुसार आज देवी सरस्वतीको जन्मदिन । आजको दिन लेखपढ गर्न सिकाए राम्रो विद्या पाउने धार्मिक विश्वास छ ।

सूर्य उत्तरतर्फ लागेर दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भन्ने गरिएको हो । विद्यालयमा साना बालबालिकालाई अक्षर चिनाउनेदेखि विद्यालय भर्ना गर्न आजको दिन शुभ रहने विश्वास गरिन्छ ।

साथै किसानहरुले आजका दिन बारी जोतखन गर्नका लागि प्रयोग गरिने गोरु (साना हुर्किँदै गरेका बाछा) लाई जोत्नका लागि हलो जुवाका साथ बारी जोत्न सिकाउने चलन पनि रहँदै आएको छ । साथ साथै सरस्वती पुजाका दिन जुनसुकै काम गर्नका लागि शुभसाइतको रुपमा मानिने परम्परा रहँदै आएको छ ।

देशभरका सरस्वती मन्दिरमा भीड लाग्नुका साथै विद्यालयमा सरस्वती पूजा भइरहेको छ । सरस्वती मन्दिरमा बिहानैदेखि पूजाआजा र बालबालिकालाई अक्षरारम्भ गराउनेको बाक्लो उपस्थिति छ । अभिभावक पनि विद्याकी देवी सरस्वतीको पूजाआजामा व्यस्त छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *