काठमाडौं । वरिष्ठ पत्रकार एवम लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

चुनावलाई प्रभावित पार्ने गरी बजेटमा नतोकिएका नयाँ आयोजना कार्यान्वयन नगर्न निर्वाचन आयोगको निर्देशन

1.09K
shares

काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनलाई प्रभावित पार्दै बजेटमा नभएका कार्यक्रम तथा आयोजनाहरू कार्यान्वयन नगर्न निर्देशन दिएको छ।

आयोग प्रवक्ता सहसचिव शालिग्राम शर्मा पौडेलले एक विज्ञप्ति जारी गर्दै निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम वा सोही प्रकृतिका योजना र बजेटमा नतोकिएका नयाँ कार्यक्रमहरू सञ्चालन नगर्न/नगराउन निर्देशन दिएको जानकारी दिएको हो।

आयोगले तीन वटै तहका सरकारलाई निर्देशन दिएको हो। यसले मतदातालाई प्रभावित पार्ने र निर्वाचनको स्वच्छता र निष्पक्षतामा प्रभाव पार्ने भन्दै यस्ता कार्यक्रम सञ्‍चालन तथा कार्यान्वयन नगर्न/नगराउन निर्देशन दिएको छ।
‘‘प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यको पदावधि सकिनै लागेको बेलामा विभिन्न प्रदेशहरूमा प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम, पूर्वाधार विकास कार्यक्रम लगायतका विभिन्न नामका सम्बन्धित सभाबाट एकमुष्ठ रूपमा बजेटमा तोकिएका कार्यक्रमहरू निर्वाचनको मिति घोषणा भैसकेपछि छनोट गर्ने गरी कार्यक्रम सञ्चालन गर्न थालेको भन्ने जानकारीमा आएको छ,’ विज्ञप्तिमा भनिएको छ।

आयोगले विपद् वा महामारीको पूर्वतयारी वा कुनै विपद्को अवस्था परी विपद् व्यवस्थापनसम्बन्धी कार्य गर्नुपर्ने परेमा वा मानवीय सहायता प्रदान गर्नुपर्ने वा स्वास्थ्य महामारीको अवस्थामा सोको सामना गर्न आवश्यक उपाय अवलम्बन गर्नुपर्नेबाहेक अरू आयोजना तथा कार्यक्रम सञ्चालन नगर्न/नगराउन निर्देशन दिएको हो।