• २०८१ बैशाख ३१ गते सोमवार

काठमाडौं : चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले पदभार ग्रहण गरेका छन् ।

गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले केसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।

भुवनले बोर्ड अध्यक्ष बन्न गरेको दोस्रो प्रयासमा सफलता हात पारेका हुन् । यस अगाडि उनले नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा पनि बोर्ड अध्यक्षका लागि पहल गरेका थिए ।

उक्त पहल असफल भएपछि एमाले छोडेर काँग्रेस प्रवेश गरेका उनले सुरुमै महत्त्वपूर्ण जिम्मेवारी हासिल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *