एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

रामकुमारी झाँक्रीको राजिनामा स्वीकृत

126
shares

आर्किकल्स पेपर, काठमाडौँ । निवर्तमान सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको राजिनामा स्वीकृत भएको छ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले ४८ घन्टामा राजिनामा दिन निर्देशन दिएका थिए । पार्टीको निर्णय मुताविक सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पदबाट राजीनामा दिएकी थिइन्।

झाँक्रीले आइतबार बेलुका मन्त्रालयमा पत्रकार सम्मेलन गरी आठ महिना २० दिनको जिम्मेवारीपछि पदबाट राजीनामा दिएको जानकारी गराएकी हुन् ।

त्यसअघि उनले आइतबार नै बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएकी थिइन् । मन्त्रालयमा उनले आफ्नो कार्यकालमा सहयोग गर्ने सवैलाई धन्यवाद मात्र दिइन् । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेका प्रश्नको जवाफ दिँदै झाँक्रीले आफूहरु पार्टीको निर्णयबाटै मन्त्री भएको भन्दै राजीनामाको सवालमा ‘काउन्ट डाउन’ सुरु गरेकोमा आफूलाई चित्त दुखेको बताइन् ।