एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

नेपाली महिलाहरुले महान पर्व हरितालिका तीज हर्सोउल्लासका साथ मनाइँदै (फोटोसहित)

175
shares

आर्टिकल्सपेपर, काठमाडौं : हिन्दू नारीहरुको महान पर्व हरितालिका तीज मुलुकभित्र तथा मुलुक बाहिर रहेका नेपाली महिलाहरुले उत्साहका साथ मनाइरहेका छन् ।

हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा–आराधना गरी हरितालिका तीज पर्व मनाउँदै आइएको छ । भगवान शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वासका आधारमा घर, शिवालय, मठ मन्दिरहरुमा पूजा आराधना तथा नाचगाँन गरी यो पर्व मनाइन्छ ।

दरखाने दिनसँगै चार दिन मनाइने तीज पर्व सोमबारदेखि सुरु भएको हो । विशेषगरी नेपाली नारीहरुलेले मनाउने हरितालिका पर्व (तीज)को पहिलो दिन दर खाने र दोस्रो दिन व्रत बस्ने गरिन्छ ।

माइतीले चेलबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दुधबाट बनेका शुद्ध परिकार खाइन्छ। जसले व्रतका दिन अडिलो बनाउन अघिल्लो दिन दर खाने चलन छ । महिलाहरुले वर्षभरी आफूलाई परेका दुःख, पीर, वेदना तथा मर्कालाई भजन, गीत मार्फत पोख्दै नाचगान गर्ने, जाग्राम बस्ने गरिन्छ ।

तीजको अवसरमा काठमाडौँको श्री पशुपतिनाथ मन्दिर, खोटाङको हलेसी महादेव मन्दिर लगायत देशभर रहेका विभिन्न मन्दिरहरुमा ब्रतालुहरु भेला भई नाचगान सहित धुमधामले हरितालिका तीज मनाइएको छ ।

श्री पशुपतिनाथ मन्दिर परिसरमा कैद गरिएका केही झलकहरु