काठमाडौं । वरिष्ठ पत्रकार एवम लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

‘जनताका लागि कांग्रेस’ अभियानका लागि कांग्रेसले ७७ वटै जिल्लामा प्रतिनिधि खटायो

1.06K
shares

काठमाडौंः सत्तारुढ दल नेपाली कांग्रेसले आसन्न निर्वाचनलाई लक्षित गर्दै ‘जनताको साथमा कांग्रेस’ अभियानका लागि केन्द्रीय प्रतिनिधिहरु खटाएको छ ।

कांग्रेसले भदौ १० गतेबाट शुरु हुने ‘जनताको साथका कांग्रेस’ अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको हो ।

प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले (आइतबार) केन्द्रबाट खटाइएका केन्द्रीय सदस्यहरुलाई जिम्मेवारीसहितको लिखित पत्र दिएका हुन ।

देउवाले केन्द्रीय सदस्यहरुलाई थमाएको पत्रमा पार्टीको विजय अभियान सफल बनाउन जनताको साथमा कांग्रेस अभियानलाई व्यापक बनाउन केन्द्रीय प्रतिनिधिको जिम्मेवारी सुम्पिएको उल्लेख छ ।

कांग्रेसले राष्ट्रव्यापी अभियानका लागि खटाइएको केन्द्रीय प्रतिनिधिहरलाई जिम्मेवारी पूरा गरेर केन्द्रीय कार्यालयमा लिखित प्रतिवेदन बुझाउन भनिएको छ ।

गत साउन २ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले आगामी निर्वाचन केन्द्रीय राष्ट्रव्यापी अभियान चलाउने निणर्य गरेको थियो ।

साउन २८ गते बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले राष्ट्रव्यापी अभियान भदौ १० देखि २४ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको थियो । जसअनुसार प्रतिनिधिलाई खटाएको हो ।