काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

नेपाली फुटबलको नयाँ सिजन असोजदेखि

1.29K
shares

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)को दोस्रो कार्यसमिति बैठकले ए डिभिजन लिग, नेपाल सुपर लिग (एनएसएल) लगायतकम प्रतियोगिताको मिति तय गरेको छ ।

कार्यसमितिको निर्णय अनुसार तय भएका फुटबल प्रतियोगिता असोजदेखि अर्को वर्ष असारसम्म सञ्चालन हुनेछन् ।

फुटबल सिजन ९ महिनाको भएपनि फुटबलको मेरुदण्ड मानिने ए डिभिजन लिग भने करिब तीन महिना मात्र चल्ने छ । ए डिभिजन लिग पुस ८ देखि चैत ४ गतेसम्म गर्नका लागि प्रस्ताव भएको छ ।

एन्फा निर्वाचनअघि पंकज विक्रम नेम्वाङले राष्ट्रिय लिग गर्ने आफ्नो एजेन्डा बनाएका थिए । तर एन्फाले यसबारे तत्काल भने केही निर्णय गरेको छैन ।

गत वर्ष पनि राष्ट्रिय लिग गर्ने भनिको थियो, तर आयोजना हुन सकेन ।

मंसिरमा कतारमा विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप हुँदैछ । नेपाल सुपर लिगको दोस्रो संस्करण पनि आयोजना गर्नुपर्ने भएकोले यस पटक ए डिभिजन लिग पुसमा सुरु गर्न गर्न लागिएको हो ।

फुटबलको सिजनको पहिलो प्रतियोगिताको रुपमा असोज १ गतेदेखि सी डिभिजन लिगको छनोट सुरु हुनेछ । असोज ३० गतेसम्म चल्ने छनोटमा सहभागी टिमको आधारमा आयोजना स्थल तोकिने एन्फाले जनाएको छ ।

त्यसअघि भदौ २१ देखि असोज ३ गतेसम्म काठमाडौँमा छैटौं साफ महिला च्याम्पियनसिप आयोजना हुनेछ ।

साफ च्याम्पियनसिप सकिएपछि राष्ट्रिय महिला लिगाको दोस्रो चरणका खेलहरु विराटनगरमा गर्ने एन्फा कार्यसमिति बैठकले निर्णय गरेको छ ।

असोज ३ गते साफ च्याम्पियनसिप सकिनेछ । असोजकै २३ गतेदेखि नेपाल सुपर लिगका लागि मिति उपलब्ध गराउने पनि एन्फाले निर्णय गरेको छ ।