आर्टिकल्स पेपर, काठमाडौँ । अज्ञान तिमिरान्धस्य ज्ञानाञ्जन शलाकया । चक्षुरुन्मीलितं येन तस्मै श्री गुरबे...

पुरा पढ्नुहाेस्

काठमाडौं । आज हरिशयनी एकादशी । सनातन धर्मावलम्बीहरूले घर–घरमा तुलसीको बिरुवा मठमा सारी विशेष...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपालस्थित ह्याम्स अस्पताल र भारतको म्याक्स सुपर स्पेसियालिटी अस्पतालबीचको सहकार्यलाई थप प्रभावकारी...

पुरा पढ्नुहाेस्

नेपालको विविधता राष्ट्रिय सौन्दर्य र शक्ति हो : ओली

700
shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको जातीय, भाषिक र सांस्कृतिक विविधता हाम्रो राष्ट्रिय सौन्दर्य र शक्ति भएको बताउनुभएकाे छ ।

आइतबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले आपसी मेलमिलाप, सहअस्तित्व र एकताले राष्ट्रिय सामथ्र्य थप मजबुत बनाउने बाताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘नेपालको जातीय, भाषिक र सांस्कृतिक विविधता हाम्रो राष्ट्रिय सौन्दर्य र शक्ति हो। हामी बीचको आपसी मेलमिलाप, सहअस्तित्व र एकतले हाम्रो राष्ट्रिय सामथ्र्य बढाउने छ ।’

ओलीले नेपालको संविधानले सबै समुदायका लागि समान अधिकार तथा समावेशी र सहभागितामूलक प्रतिनिधित्वको सुनिश्चितता गरेको बताउनुभयाे ।

उहाँले विश्व आदिवासी दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण आदिवासी समुदायलाई शुभकामना व्यक्त गर्नुभयाे । उहाँले आदिवासी समुदायको हक, अधिकार, संस्कृति र पहिचानको सम्मान गर्नुपर्ने बताउनुभयाे ।

उहाँले समावेशी लोकतान्त्रिक व्यवस्था र राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै समृद्ध नेपाल निर्माणको साझा लक्ष्यमा एकताबद्ध हुन सबैमा आह्वान समेत गर्नुभयाे ।