आर्टिकल्स पेपर, काठमाडौँ । प्रस्तावना: बहसको वास्तविक प्रश्न नेपाल विकासको नयाँ मोडमा उभिएको छ...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा मेडिकल व्यवसायी सुनिल शर्माले आर्थिक अवस्था कमजोर भएका...

पुरा पढ्नुहाेस्

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बाढीपहिरोबाट प्रभावित विद्यार्थी तथा बालबालिकालाई निःशुल्क...

पुरा पढ्नुहाेस्

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै नागरिकलाई जिम्मेवार बन्न प्रहरी महानिरीक्षक कार्कीकाे आग्रह

1.05K
shares

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशमा सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै नागरिकलाई संयमित र जिम्मेवार बन्न आग्रह गर्नुभएकाे छ ।

भिडियो सन्देशमार्फत उनले नेपाल विविधतामा एकताको गौरवमय इतिहास बोकेको सुन्दर देश भएको बताउनुभएकाे हाे । उहाँले धर्म, भाषा, जातजाति र संस्कृतिको विविधताबीच नेपालीहरू आपसी सम्मान, सहिष्णुता र सद्भावका साथ लामो समयदेखि सहअस्तित्वमा बाँच्दै आएको बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘नेपाल विविधतामा एकताको गौरवमय इतिहास बोकेको सुन्दर देश हो । धर्म भाषा जातजाति र सास्कृतीको भिन्नता बिचको हामी आपसी सम्मान सयुस्वत्रा र सद्भावका साथसँगै बाच्दै आएका छौँ ।’

उहाँले विविधतामा एकता नै नेपालको पहिचान, गौरव र शक्ति भएको बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘विविधतामा एकतानै हाम्रो पहिचान सान र शक्ति हो । हात विशेष गरी पूर्व तराईका केही स्थानीहरुमा धार्मिक सदभामा खलल पुग्ने तथा डर त्रासका वातावरण सिर्जन गर्ने गतिविधि देखिने दुःखद विषय हो ।’

उहाँले पछिल्लो समय विशेषगरी पूर्वी तराईका केही स्थानमा धार्मिक सद्भाव खलल पुग्ने तथा सर्वसाधारणमा डर–त्रासको वातावरण सिर्जना गर्ने गतिविधि देखिनु दुःखद भएको बताउनुभयाे ।

उहाँले सामाजिक एकतामा असर पुग्ने गरी सामाजिक सञ्जालमा अफवाह फैलाउने, उत्तेजक अभिव्यक्ति दिने तथा कानुनविपरीत गतिविधिमा संलग्न हुने कार्य कसैको हितमा नरहेको उल्लेख गरे । यस्ता गतिविधिले समाजमा तनाव, अविश्वास र विभाजन मात्र बढाउने उहाँको भनाइ छ ।

आईजीपी कार्कीले संवेदनशील परिस्थितिमा अफवाह, उत्तेजना र घृणाभन्दा विवेक, संयम र सद्भावको बाटो अवलम्बन गर्न सबैलाई आग्रह गरे । साथै, एकअर्काको अधिकार, आस्था र मर्यादाको सम्मान गर्नु सम्पूर्ण नागरिकको साझा दायित्व भएको उहाँले बताउनुभयाे ।