काठमाडौं । आज हरिशयनी एकादशी । सनातन धर्मावलम्बीहरूले घर–घरमा तुलसीको बिरुवा मठमा सारी विशेष...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपालस्थित ह्याम्स अस्पताल र भारतको म्याक्स सुपर स्पेसियालिटी अस्पतालबीचको सहकार्यलाई थप प्रभावकारी...

पुरा पढ्नुहाेस्

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित तीनवटा महत्त्वपूर्ण ऐन संशोधनका...

पुरा पढ्नुहाेस्

गुटको होइन, इमानदार कार्यकर्ताको संरक्षण गर्ने पार्टी बनाउनुपर्छ : नविना लामा

588
shares

काठमाडौं । नेकपा एमालेकी नेतृ तथा अनेरास्ववियुकी पूर्वअध्यक्ष नविना लामाले पार्टी रुपान्तरणमा विद्यार्थी नेता एवम संगठनका पूर्वनेताहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभएकाे छ ।

पार्टी रुपान्तरणमा पूर्वअखिलको भूमिका विषयक कार्यक्रममा बोल्दै लामाले नेपाललाई विदेशी शक्तिहरूले गिद्धे नजरले हेर्ने गरेको दाबी गर्नुभयाे । उहाँले पूर्व र पश्चिमतर्फका शक्तिहरूले नेकपा एमालेले अघि सारेको कम्युनिष्ट आन्दोलनको नेतृत्वदायी भूमिकालाई मन नपराएको बताउँदै त्यसलाई चिर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयाे ।

उहाँले भन्नुभयाे, ‘देशविदेशी शक्तिहरुले नेपाललाई गिद्धे नजरले हेरेको छ । पूर्व र पश्चिमतिरबाट एमालेलाई र कम्युनिष्ट पार्टीको अगुवा गर्ने एमाले हो भन्ने कुरालाई मन परिरहेको छैन । त्यसकारण यो कुरालाई चिर्नुपर्ने छ । हाम्रो पार्टीले गरेको विकास र समृद्धिको कुरा र पार्टीका अध्यक्षले लिएका राष्ट्रियताका एजेण्डाहरु कमजोर थिएनन् । तर कमजोर नहुँदा पनि आफ्नो कार्यदिशामा असफल भएको कुरा, नेतृत्वमा कमी भएको कुरा निकालिँदै आएका छन् । समय अनुसार जबज र समय अनुसारको माक्र्सवाद, समय अनुसारको नेतृत्व युवाले गर्छ । अनेरास्ववियुको पूर्व अध्यक्षहरुबाटै हुन्छ ।’

उहाँले एमालेले अघि सारेका विकास, समृद्धि र राष्ट्रियताका एजेण्डाहरू कमजोर नरहेको दाबी गर्दै पार्टीको कार्यदिशा कार्यान्वयन र नेतृत्वमा देखिएका कमजोरीबारे आत्मसमीक्षा गर्नुपर्ने बताउनुभयाे ।

लामाले समयअनुसार जनताको बहुदलीय जनवाद (जबज), माक्र्सवाद र नेतृत्व शैलीलाई परिमार्जन गर्दै अघि बढ्नुपर्ने धारणा राख्नुभयाे । उहाँले अबको नेतृत्व युवाबाट, विशेषगरी अनेरास्ववियुका पूर्व अध्यक्षहरूमध्येबाट समेत आउन सक्ने बताउनुभयाे ।

यस्तै, उहाँले पछिल्लो समय धेरै युवा विदेशिन बाध्य भएको र पार्टीमा काम गर्ने इच्छा हुँदाहुँदै पनि निराश भएर टाढिनुपर्ने अवस्था आएको बताउनुभयाे । पार्टीभित्र पहुँच र गुटको आधारमा अवसर पाउने प्रवृत्ति बढेको भन्दै उहाँले त्यसलाई सुधार गर्नुपर्ने धारणा राख्नुभयाे ।

उहाँले नेकपा एमाले लोकतन्त्रको हितमा अघि बढ्ने पार्टीका रूपमा स्थापित हुनुपर्नेमा जोड दिनुभयाे ।