काठमाडौं । आज हरिशयनी एकादशी । सनातन धर्मावलम्बीहरूले घर–घरमा तुलसीको बिरुवा मठमा सारी विशेष...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपालस्थित ह्याम्स अस्पताल र भारतको म्याक्स सुपर स्पेसियालिटी अस्पतालबीचको सहकार्यलाई थप प्रभावकारी...

पुरा पढ्नुहाेस्

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित तीनवटा महत्त्वपूर्ण ऐन संशोधनका...

पुरा पढ्नुहाेस्

इतिहास संरक्षण नगरे आन्दोलनको योगदान हराउँछ : सहसंयोजक नेपाल

553
shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई पुनः एकताबद्ध गर्दै नयाँ ऊर्जा र दृढ संकल्पका साथ अघि बढ्नुपर्ने बताउनुभएकाे छ ।

शनिबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको १३औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले संस्थापक नेताहरूको योगदानलाई नयाँ पुस्तासम्म पु¥याउन इतिहासको संरक्षण अपरिहार्य रहेको बताउनुभयाे ।

उहाँले पुष्पलाल स्मृति प्रतिष्ठान परिसरमा रहेको पुष्पलालको सालिक तोडफोड गरिनुका साथै दुर्लभ दस्तावेज र हस्तलिखित सामग्री जलाइएको घटनाप्रति दुःख व्यक्त गर्दै यस वर्ष फोटोमा माल्यार्पण गरेर स्मृति दिवस मनाउनुपरेको बताउनुभयाे।

नेपालले नरबहादुर कर्माचार्यले पुष्पलाल श्रेष्ठको नेतृत्वमा २००६ सालमा नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्न खेलेको भूमिका ऐतिहासिक रहेको उल्लेख गर्दै संस्थापक नेताहरूको सही इतिहास अभिलेखीकरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयाे । उहाँले इतिहास लेख्ने र संरक्षण गर्ने संस्कृतिको अभाव रहेको उल्लेख गर्दै महत्त्वपूर्ण राजनीतिक घटनाका साक्षी रहेका नेताहरूले आफ्ना अनुभव लिखित रूपमा छाड्नुपर्ने बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘यो स्मृतिमा रहेका कुराहरू नोट भएनन् भने त्यत्तिकै हराएर जान्छन्। व्यक्तिहरू बितेपछि घटनाक्रम पनि सँगै हराउने रहेछन्। त्यसैले इतिहासमा महत्त्वपूर्ण भूमिका खेलेका नेताहरूले आफ्ना अनुभव लेखेर छाड्नुपर्छ।’

नेपालले आफूले तुलसी गिरी, मनमोहन अधिकारी, तुलसीलाल अमात्यलगायत नेताहरूलाई आफ्ना अनुभव अभिलेख गर्न पटक–पटक आग्रह गरेको स्मरण गर्दै धेरै ऐतिहासिक सामग्री समयमै सुरक्षित गर्न नसक्दा हराएको बताउनुभयाे ।

उहाँले रौतहट जिल्लाको ऐतिहासिक महत्त्वबारे पनि चर्चा गर्दै त्यहाँ भएका राजनीतिक, किसान आन्दोलन तथा कम्युनिष्ट आन्दोलनसँग सम्बन्धित घटनाहरू व्यवस्थित रूपमा अभिलेख गर्नुपर्ने बताउनुभयाे। कम्युनिष्ट आन्दोलन अहिले चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै उनले आन्दोलनलाई पुनर्जीवित गर्न एकता, आत्मसमीक्षा र नयाँ उत्साह आवश्यक रहेको धारणा राख्नुभयाे।

उहाँले भन्नुभयाे, ‘आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ। घोडाबाट लडेपछि शरीरमा लागेको धुलो टकटकाएर फेरि नयाँ ऊर्जाका साथ अगाडि बढ्नुपर्ने आवश्यकता छ।’

कार्यक्रममा उहाँले नेपाल कम्युनिष्ट आन्दोलनका संस्थापक नेता नरबहादुर कर्माचार्यप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उहाँको योगदान नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत रहेको बताउनुभयाे ।