आर्टिकल्स पेपर, काठमाडौँ । मधुमेह एक विश्वव्यापी रूपमा फैलिएको दीर्घकालीन रोग हो । संसारभर...

पुरा पढ्नुहाेस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा०)ले भर्खरै सम्पन्न आफ्नो पहिलो महाधिवेशनमार्फत नेपाली राजनीतिमा नयाँ...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । हुलाक सेवा राज्यको एउटा यस्तो आधारभूत र ऐतिहासिक संरचना हो...

पुरा पढ्नुहाेस्

लघुकथा : बाल हठ

2.18K
shares
आर्टिकल्स पेपर, काठमाडौँ । चौरको एक कुनामा दुई बालकबीच हात हालाहाल भइरहेको थियो । वरिपरि उभिएका बालबालिका “नहान, नहान !” भन्दै कराइरहेका थिए । एक जना बालक आँसु पुछ्दै चिच्याइरहेको थियो ।
“उसले मलाई झापट हानेको छ । अब मैले पनि हान्न पाउनुपर्छ !”
झगडा छुट्याउन पुगेका वयस्कले उसको काँधमा हात राखे ।
“उसले गल्ती गर्‍यो भन्दैमा तिमीले पनि त्यही गल्ती दोहोर्‍याउनुपर्छ र?”
बालकले सुर्के नाक तानेर टाउको हल्लायो ।
“नत्र त उसले हानेको हान्यै, मैले खाएको खायै भयो नि! म मात्रै किन सहने?”
वयस्क केही बोल्न खोज्दै थिए, त्यत्तिकैमा चौरको अर्को छेउबाट हल्ला सुनियो । त्यहाँ पनि बालबालिकाको घेरा जमेको थियो ।
“ए, यता पनि आउनुस् न !” कसैले हतारिँदै बोलायो ।
“के भयो फेरि?”
“यसले मेरो गोडा नाघ्यो !”
बसिरहेको बालक रिसले रातो भएको थियो । अर्को बालक भने टाउको झुकाएर उभिएको थियो ।
वयस्कले हाँस्दै भने, “यति सानो कुराका लागि झगडा? तिमी पनि यसको गोडा नाघिदेऊ । बराबरी भइहाल्छ ।”
गोडा नाघ्ने बालकले तुरुन्तै समर्थन गर्‍यो ।
“हुन्छ नि। झगडा सकिन्छ भने नाघिदिन्छु ।”
तर गोडा नाघिएको बालकले मुख बङ्ग्यायो ।
“त्यसले हुँदैन ।”
“किन हुँदैन?”
“त्यसले मेरो गोडा नाघेको जस्तो हुँदैन।”
वयस्क अलमलिए ।
“अनि कसरी हुन्छ त?”
बालक उठेर उभियो । उसले हातले दिशा देखायो ।
“ऊ त्यताबाट आइरहेको थियो ।”
उसले पूर्वतिर औँला तेर्स्यायो ।
“मेरो गोडा नाघेर उता गयो ।”
अब पश्चिमतिर देखायो ।
“अनि?”
बालकको अनुहार गम्भीर बन्यो ।
“अब ऊ उता गएर फर्किनुपर्छ ।”
“फर्किएर?”
“पश्चिमबाट पूर्वतिर आउँदै फेरि मेरो गोडा नाघ्नुपर्छ ।”
चौर एकछिन चुप लाग्यो । वयस्कले वरिपरि उभिएका बालबालिकातिर हेरे । कसैको मुखमा हाँसो थिएन ।
बालकले फेरि जोड दियो, “त्यसरी नाघेपछि मात्रै बराबर हुन्छ ।”