काठमाडौँ । मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले बालबालिकामा पटक–पटक हुने टन्सिलको संक्रमणको समयमै उपचार...

पुरा पढ्नुहाेस्

नेपाली भाषामा अनुवादित: संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्र सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधन'को पूर्ण...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । प्रस्तावना: बहसको वास्तविक प्रश्न नेपाल विकासको नयाँ मोडमा उभिएको छ...

पुरा पढ्नुहाेस्

कांग्रेसको महामन्त्रीमा डा. शर्माकाे उम्मेदवारी घोषणा

35
shares

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम मेडिकल व्यवसायी डा.सुनील शर्माले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएकाे छ ।

मोरङ–३ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित डा.शर्माले शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै महामन्त्री पदमा उम्मेदवारी दिने जानकारी दिनुभएकाे हाे ।

पार्टीको नयाँ नेतृत्व र पदाधिकारी चयनलाई लिएर बहस चलिरहेका बेला शर्माले महामन्त्री पदमा आफ्नो उम्मेदवारी रहने घोषणा गर्नुभएकाे हाे ।

स्वास्थ्य, शिक्षा र सामाजिक सेवाका क्षेत्रमा सक्रिय रहँदै आएका डा.शर्माले बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीलाई जनतासँग प्रत्यक्ष जोड्ने संकल्पसमेत गर्नुभएकाे छ ।

शर्मा नेपाली कांग्रेसको राजनीतिमा २०५४ सालदेखि सक्रिय हुनुहुन्छ । १३औँ महाधिवेशनदेखि महासमिति सदस्य रहँदै आउनुभएका उहाँले कांग्रेस पार्टीलाई दूरदराजका नागरिकसँग जोड्दै सामान्य मानिसका समस्या र आवश्यकतालाई राजनीतिको केन्द्रसँग जोडेर काम गर्ने पनि बताउनुभयाे ।