भेनेजुएलामा शक्तिशाली भूकम्पपछि जनजीवन अस्तव्यस्त, १६४ जनाको मृत्यु
२०८३ असार १२ शुक्रवार ००:५३
shares

। भेनेजुएलामा लगातार आएका शक्तिशाली भूकम्पका कारण हालसम्म १६४ जनाको मृत्यु भएको छ भने ९७१ जना घाइते भएका छन् ।
भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार उक्त जानकारी दिनुभएकाे हाे ।
उहाँका अनुसार भूकम्पपछि करिब ३० वटा परकम्पहरू महसुस भएका छन् । सरकारले सबैभन्दा बढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन देशभरका स्रोत–साधन परिचालन गरिरहेको छ। साथै निजी क्षेत्रलाई उद्धार उपकरण तथा आवश्यक सामग्री उपलब्ध गराउन सहयोग गर्न आह्वान गरिएको छ।
रोड्रिगेजले बिहान भएपछि अवस्था स्पष्ट देखिने भएकाले उद्धारकर्मीहरूले खोज तथा उद्धार अभियानलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभएकाे छ।
अधिकारीहरूका अनुसार यी भूकम्पहरू एक शताब्दीभन्दा बढी अवधिमा भेनेजुएलामा आएका सबैभन्दा शक्तिशाली भूकम्पमध्येका हुन् । यसको प्रभाव देशका विभिन्न भागमा महसुस गरिएको थियो ।
उत्तरी भेनेजुएलाको ला गुआइरा राज्यमा सबैभन्दा बढी प्रभावित भएको बताइएको छ। उक्त क्षेत्रमा उद्धारकर्मीहरूले तीन जना बालबालिकालाई भग्नावशेषबाट जीवितै बाहिर निकालेका छन् । सरकारले उक्त क्षेत्रलाई ‘विपद् क्षेत्र’ घोषणा गरेको छ, जहाँ दर्जनौं भवन पूर्ण रूपमा भत्किएका छन्।
संयुक्त राज्य भूगर्भ सर्वेक्षण अनुसार बुधबार स्थानीय समयअनुसार साँझ ६ः०४ बजे ७.२ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसको करिब ४० सेकेन्डपछि ७.५ म्याग्निच्युडको अर्को अझ शक्तिशाली भूकम्प गएको थियो। दुवै भूकम्पको केन्द्रविन्दु राजधानी कराकसबाट करिब १६० किलोमिटर पश्चिममा रहेको मोरोन नजिक रहेको बताइएको छ।
शक्तिशाली भूकम्पपछि भेनेजुएला सरकारले देशभर आपतकालीन अवस्था घोषणा गरेको छ। काराकास






















