नेपाली भाषामा अनुवादित: संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्र सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधन'को पूर्ण...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । प्रस्तावना: बहसको वास्तविक प्रश्न नेपाल विकासको नयाँ मोडमा उभिएको छ...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा मेडिकल व्यवसायी सुनिल शर्माले आर्थिक अवस्था कमजोर भएका...

पुरा पढ्नुहाेस्

चौथो नेशनल गोल्डेन एथलेटिक्स मिट–२०२६ सम्पन्न, विजयी खेलाडीहरूलाई पुरस्कार वितरण

1.57K
shares

काठमाडौं । एथलेटिक्स परिवार, नेपालको आयोजनामा दशरथ रङ्गशालामा सम्पन्न चौथो नेशनल गोल्डेन एथलेटिक्स मिट–२०२६ का विजयी खेलाडीहरूलाई नगद पुरस्कार वितरण गरिएको छ ।

असार ११ र १२ गते दुई दिनसम्म सञ्चालित उक्त प्रतियोगिताका विभिन्न इभेन्टहरूमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पुरस्कार प्रदान गरिएको हो । पुरस्कार वितरणको विवरणअनुसार, ‘१००० मि. भेट्रान्स’ इभेन्टमा रामचन्द्र श्रेष्ठ प्रथम, केट ट्यारेन्ट द्वितीय र भिम बहादुर गुरुङ तृतीय भएका छन् ।

त्यसैगरी, ‘२००० मि. भेट्रान्स’ इभेन्टमा धर्म महर्जन प्रथम, रैवत बहादुर दाहाल द्वितीय र गोपाल थापा तृतीय स्थान हासिल गर्न सफल भएका छन्।

प्रतियोगितामा सहभागी खेलाडीहरूले एथलेटिक्स परिवार, नेपालबाट तोकिएबमोजिमको नगद पुरस्कार प्राप्त गरेका हुन् ।