आर्टिकल्स पेपर, काठमाडौँ । राजनीतिक दलहरूको उत्पत्ति र विकासको इतिहास मानव सभ्यताको राजनीतिक चेतना,...

पुरा पढ्नुहाेस्

काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप चलिरहेका बेला विभिन्न समय क्षेत्रमा...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले जलन उपचारलाई सहज र सर्वसुलभ बनाउने उद्देश्यसहित देशभरका अस्पतालमा सेवा विस्तार...

पुरा पढ्नुहाेस्

लागुऔषध नियन्त्रण राष्ट्रिय चुनौतीको विषय बनेको छ : महानिरीक्षक कार्की

875
shares

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा लागुऔषधको उत्पादन, बिक्री–वितरण, भण्डारण, ओसारपसार तथा सेवनको असर र प्रभाव बढ्दै गएको भन्दै यसलाई राष्ट्रिय चुनौतीका रूपमा लिनुपर्ने बताएउनुभएकाे छ।

शुक्रबार गृहमन्त्रालयमा अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले लागुऔषध नियन्त्रण कानुन कार्यान्वयनको मात्र विषय नभई जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको गम्भीर चुनौती भएको बताउनुभएकाे हाे ।

उहाँले भन्नुभयाे, ‘लागू औषधको उत्पादन, बिक्री–वितरण, भण्डारण, ओसारपसार तथा सेवनको असर र प्रभाव नेपालमा वृद्धि भएको तथ्यांकले पनि स्पष्ट गरिसकेको छ। यसको रोकथाम, न्यूनीकरण र नियन्त्रणमा हामी संवेदनशील भएर लाग्नुपर्ने आवश्यकता देखिएको छ । यो कानुन कार्यान्वयनको मात्र विषय होइन, जनस्वास्थ्यको विषय पनि हो। युवाहरूको स्वास्थ्य, सुरक्षा र सम्भावनामाथि असर पार्ने भएकाले यसलाई राष्ट्रिय चुनौतीका रूपमा हेर्नुपर्ने अवस्था आएको छ।’

प्रहरी महानिरीक्षक कार्कीका अनुसार विगत पाँच वर्षको तथ्यांक विश्लेषण गर्दा प्रत्येक वर्ष औसत चार हजार लागुऔषधसम्बन्धी मुद्दा दर्ता हुने र करिब आठ हजार अभियुक्त पक्राउ पर्ने गरेका छन्।

उहाँले चालु आर्थिक वर्ष २०८२/८३ मा हालसम्म पाँच हजार ४७ वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता भइसकेको जानकारी दिनुभएकाे हाे । उहाँका अनुसार लागुऔषध कसूरमा सात हजार ७२५ नेपाली, ३२८ भारतीय र १५ अन्य विदेशी नागरिक गरी कुल आठ हजार ६८ जना अभियुक्त पक्राउ परेका छन् ।

उहाँले भन्नुभयाे,‘विगत पाँच वर्षको तथ्यांक विश्लेषण गर्दा वार्षिक औषधमा चार हजार मुद्दा दर्ता र आठ हजारको हाराहारीमा त्यसका अभियुक्तहरु पनि पक्राउ पर्ने गरेको तथ्यांकले देखाउँछ । चालु आर्थिक वर्ष २०८२–८३ को हालसम्म पाँच हजार ४७ वटा लागू औषधको मुद्दा दर्ता भएका छन् । लागु औषध कसूरमा सात हजार सात सय २५ जना नेपाली ,भारतीय तीन सय २८ जना र अन्य विदेशी १५ जनागरी आठ हजार ६८ जना अभियुक्तहरु पक्राउ परेको अवस्था छ ।’

बरामद लागुऔषधको विवरण प्रस्तुत गर्दै कार्कीले सबैभन्दा बढी ४५ हजार ८५० किलोग्राम गाँजा, ४७७ किलोग्राम चरेस, ४३ किलोग्राम हिरोइन, ५ किलोग्राम ७६८ ग्राम कोकिन तथा १२५ किलोग्राम ६६ ग्राम अफिम बरामद गरिएको बताउनुभयाे ।

‘लागू औषध बरामदमा हेर्दा सबैभन्दा बढि गाजा ४५ हजार आठ सय ५० किलो ,चरेस चार सय ७७ किलो हिरोइन ४३ किलो ,कोकिन पाँच किलो ७ सय ६८ ग्राम ,अफिम एक सय २५ किलो ६६ ग्राम बरामद भएको छ ।’

उहाँले लागुऔषध नियन्त्रणका लागि सुरक्षा निकाय, सरकारी निकाय, समुदाय, अभिभावक र नागरिक समाजबीच समन्वय र सहकार्य अझ सुदृढ बनाउन आवश्यक रहेको बताउनुभयाे ।