नेपाली भाषामा अनुवादित: संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्र सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधन'को पूर्ण...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । प्रस्तावना: बहसको वास्तविक प्रश्न नेपाल विकासको नयाँ मोडमा उभिएको छ...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा मेडिकल व्यवसायी सुनिल शर्माले आर्थिक अवस्था कमजोर भएका...

पुरा पढ्नुहाेस्

ललितपुर महानगरले ल्यायो ‘फायर फाइटिङ’ क्रेन सञ्चालनमा

2.18K
shares

ललितपुर । ललितपुर महानगरपालिकाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन (डीआरआर) क्षमतालाई थप सुदृढ बनाउन अत्याधुनिक ‘फायर फाइटिङ’ क्रेन सञ्चालनमा ल्याएको छ ।

बुधबार महानगर प्रमुख चिरिबाबु महर्जनले ६२ लाख ६५ हजार रुपैयाँको लागतमा खरिद गरिएको उक्त क्रेनले अग्नि नियन्त्रण तथा उद्धार कार्यलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयाे ।

उहाँले भन्नुभयाे, ‘यसको टेन्डर हामीले ६२ लाख ६५ हजार रुपैयाँमा पारेका हौँ। यो भनेको एकदमै रिजनेबल मूल्य हो। यो कसरी चलाउने भन्ने विषयमा यसको ठेकेदारले हाम्रा तीन जना ड्राइभरसाहेबहरूलाई यस विषयमा सिकाउनुहुन्छ । उक्त क्रेनले अग्नि नियन्त्रण तथा उद्धार कार्यलाई अझ प्रभावकारी बनाउने छ ।’

महानगरले आफ्नो सेवा ललितपुरमा मात्र सीमित नराखी काठमाडौं उपत्यकाका अन्य क्षेत्र तथा छिमेकी जिल्लामा समेत विस्तार गर्दै आएको जनाएको छ ।