आर्टिकल्स पेपर, काठमाडौँ । अज्ञान तिमिरान्धस्य ज्ञानाञ्जन शलाकया । चक्षुरुन्मीलितं येन तस्मै श्री गुरबे...

पुरा पढ्नुहाेस्

काठमाडौं । आज हरिशयनी एकादशी । सनातन धर्मावलम्बीहरूले घर–घरमा तुलसीको बिरुवा मठमा सारी विशेष...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपालस्थित ह्याम्स अस्पताल र भारतको म्याक्स सुपर स्पेसियालिटी अस्पतालबीचको सहकार्यलाई थप प्रभावकारी...

पुरा पढ्नुहाेस्

रास्वपा केन्द्रीय सदस्य निर्वाचन हुँदै, वुधबार राति अबेरसम्ममा परिणाम आउने

1.61K
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा प्रवक्ता मनिष झाले महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदको निर्वाचन प्रक्रिया आज(वुधबार) राति सम्पन्न गरी नतिजा सार्वजनिक गर्ने तयारी रहेको बताउनुभएकाे छ ।

बुधबार चितवनमा जारी रास्वपाको प्रथम महाधिवेशनबारे जानकारी दिँदै उहाँले प्रारम्भिक उम्मेदवार सूची सार्वजनिक भइसकेको र दाबी–विरोधका लागि दिइएको समय निर्वाचन आयोगले थप गरेको बताउभयाे ।

उहाँले भन्नुभयाे, ‘प्रारम्भिक सूची सार्वजनिक भइसकेको छ । सूचीमा ४ बजेसम्म दाबी–विरोधको समय दिइएको थियो । त्यो पर्याप्त नहोला कि भनेर निर्वाचन आयोगले ५ बजेसम्मको समय दिनुभएको छ । अहिलेसम्म केन्द्रीय सदस्यका लागि ३८४ जनाको उम्मेदवारी सूचीकृत गरिएको छ । साँझ ६ः३० बजे अन्तिम नामावली सार्वजनिक गर्ने, साँझ ७ः३० बजेसम्म मतदान प्रक्रिया सुरु गरिसक्ने तयारी छ । चार घण्टाभित्र मतदान सकिन्छ भन्ने आंकलन छ । निर्वाचन सम्पन्न भएको दुई घण्टाभित्र अन्तिम परिणाम सार्वजनिक गर्न सकिने तयारी छ ।’

झाका अनुसार मतदान प्रक्रियालाई छिटो र व्यवस्थित बनाउन ७५ वटा मतदान केन्द्र (बुथ) तयार पारिँदै छन्। प्रत्येक प्रतिनिधिलाई मतदान गर्न ७ देखि १० मिनेटसम्म समय लाग्ने अनुमान गरिएको छ ।

उहाँले भन्नुभयाे, ‘अहिलेसम्म ४ हजार १ सय प्रतिनिधि सहभागी छन् । उद्घाटन सत्रपछि केही प्रतिनिधि फर्किनुभएको हुनसक्छ । प्रदेशगत तथा जिल्लास्तरका नेतृत्वलाई सकेसम्म प्रतिनिधिहरूलाई नजान आग्रह गरिरहेका छौँ। व्यवस्थापनमा केही त्रुटि र सिकाइ भएपनि कोही पनि निष्क्रिय छैनन्। सबै अहोरात्र खटिरहेका छन्। काम ढिलो भएको छ, काम नगरेर होइन, प्रक्रिया पूरा गर्न समय लागेर हो।’

निर्वाचनको गतिबारे जानकारी दिँदै उनले हरेक १० मिनेटमा करिब ७५० जनाले मतदान गर्न सक्ने व्यवस्था मिलाइएको बताउनुभयाे ।

‘त्यही गतिमा मतदान सम्पन्न भयो भने राति १–२ बजेसम्म केन्द्रीय सदस्य निर्वाचनको प्रक्रिया टुंगो लागिसक्नेछ । त्यसपछि भोलि बिहान ९ बजेदेखि दोस्रो चरणको निर्वाचन सुरु गरेर दिउँसोसम्म सम्पूर्ण प्रक्रिया सम्पन्न गर्ने तयारी छ,’ उहाँले बताउनुभयाे ।