काठमाडौं । सरकारले जलन उपचारलाई सहज र सर्वसुलभ बनाउने उद्देश्यसहित देशभरका अस्पतालमा सेवा विस्तार...

पुरा पढ्नुहाेस्

काठमाडौं । विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले शिक्षा क्षेत्रमा देखिएका...

पुरा पढ्नुहाेस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी राष्ट्रिय महाधिवेशनअन्तर्गत हुने निर्वाचन प्रक्रियाका लागि...

पुरा पढ्नुहाेस्

मानव अधिकार संरक्षणसँगै व्यवसाय प्रवर्द्धन आवश्यक : आयोग अध्यक्ष मगर

42
shares

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बतााउनुभएकाे छ ।

बुधबार व्यवसाय र मानव अधिकार सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै उहाँले व्यवसायीले आफ्नो व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने भएपनि नागरिकको मानव अधिकार कुनै पनि हालतमा हनन् हुन नहुने बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘मानव अधिकारको संरक्षण र सम्बद्र्धन गर्ने काम सरकारको हो । व्यवसाय सञ्चालन गर्दाखेरि मानव अधिकार हनन हुन दिनु हुँदैन । यदि अधिकार हनन भएको छ भने त्यसको प्रभावकारी उपचार र न्यायको व्यवस्था हुनुपर्छ ।’

अध्यक्ष मगरले विकास, व्यवसाय र मानव अधिकारबीच सन्तुलन कायम गर्नुपर्नेमा जोड दिँदै आदिवासी जनजाति समुदायका अधिकारको पनि सम्मान हुनुपर्ने बताउनुभयाे ।

‘आदिवासी जनजातिहरूको अधिकार पनि हनन हुनु भएन, विकास पनि हुनुप¥यो। व्यवसायीले काम पनि गर्न पाउनुप¥यो, तर संविधानले दिएको अधिकारको सम्मान गर्दै अघि बढ्नुपर्छ,’ उहाँले भन्नुभयाे ।

उहाँले आयोगमा विभिन्न विकास आयोजना तथा पूर्वाधार निर्माणका कारण प्रभावित समुदायबाट उजुरीहरू आउने गरेको जानकारी दिनुभयाे । कतिपय स्थानमा स्थानीय बासिन्दाको भोगाधिकार, परम्परागत अधिकार तथा संस्कारसँग सम्बन्धित विषय प्रभावित भएको गुनासो आयोगमा परेको उहाँको भनाइ थियो ।

मगरले विद्युत् पूर्वाधारको लापरवाहीका कारण नागरिकको ज्यान गएको घटनाप्रति पनि चिन्ता व्यक्त गर्नुभयाे । कालीकोट र महोत्तरीका घटनाको उदाहरण दिँदै उनले सम्बन्धित निकायको जवाफदेहिता आवश्यक रहेको बताउनुभयाे ।

‘व्यवसाय हुनुप¥यो, तर जनताको ज्यान जानु भएन। त्यहाँ के त्रुटि भयो, किन रोक्न सकिएन भन्ने विषयमा गम्भीर छलफल हुनुपर्छ,’ उहाँले भन्नुभयाे ।

उहाँले व्यवसाय र मानव अधिकारबीच सन्तुलन कायम गर्ने उपायबारे संवादबाट ठोस सुझाव आउने विश्वास व्यक्त गर्दै कार्यक्रमले मानव अधिकारमैत्री विकास र उत्तरदायी व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गर्नुभयाे ।