नेपाली भाषामा अनुवादित: संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्र सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधन'को पूर्ण...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । प्रस्तावना: बहसको वास्तविक प्रश्न नेपाल विकासको नयाँ मोडमा उभिएको छ...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा मेडिकल व्यवसायी सुनिल शर्माले आर्थिक अवस्था कमजोर भएका...

पुरा पढ्नुहाेस्

खोटाङमा बाँदर नियन्त्रणका लागि छुट्याइयो बजेट

2.56K
shares

काठमाडौं । किसानले लगाएको वाली भित्राउने वेला बाँदरले खाएर हैरानी पारे पछि खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिकाले बाँदर धपाउनका लागि बजेट छुट्याएको छ ।

१५ औँ नगर सभाबाट हरेक वडा तथा टोलमा बाली हेरालु राख्नको लागी बजेट विनियोजन गरिएकाे हाे । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा बाँदरलगायतका वन्यजन्तुबाट कृषि बालीमा हुने क्षति न्यूनीकरणका लागि ४५ लाख छुट्याइएको छ ।

नगर उपप्रमुख बिसन राईले कृषि उत्पादनलाई पहिलो प्राथमिकतामा राखेर आर्थिक वर्ष २०८३/८४ का लागि एक अर्ब एक करोड ५५ लाख ३१ हजार १०१ रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिनुभयाे ।

किसानले लगाएको अन्न बाली सुरक्षित तरीकाले भित्राउन पाउन भन्ने उद्देश्यले यो प्रक्रिया थालेको उहाँले बताउनुभयाे ।

उहाँले भन्नुभयाे, किसानको मिहिनेत बाँदरले एकै चोटि सकाउन लागेपछि यो प्रक्रिया अपनाएको हो । अव कुनै पनि किसानलाई अफ्ठेरो नपरोस, आफूले पसिना बगाएको बाली सुरक्षित तरीकाले भित्राउन पाउन भन्ने उद्देश्यले नै बजेट विनियोजन गरेको हो ।

बाँदरको समस्यालाई निराकरण गर्नका लागि ‘बाली हेरालु’ राख्ने नीति तथा कार्यक्रम पारित गरिएका पनि राईले जानकारी दिनुभयाे ।