नेपाली भाषामा अनुवादित: संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्र सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधन'को पूर्ण...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । प्रस्तावना: बहसको वास्तविक प्रश्न नेपाल विकासको नयाँ मोडमा उभिएको छ...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा मेडिकल व्यवसायी सुनिल शर्माले आर्थिक अवस्था कमजोर भएका...

पुरा पढ्नुहाेस्

कांग्रेस अब डिजिटल र सिस्टममा चल्छ, अद्यावधिक नगर्नेहरू क्रियाशील सदस्य रहँदैनन् : सभापति थापा

‘कसैले सदस्यता अद्यावधिक गर्नुभएको छैन भने क्षमा गर्नुहोला, पार्टीले सम्मान गर्छ, माया गर्छ, तर सदस्यका रूपमा चिन्दैन, अब सिस्टमले नै चिन्दैन’

1.08K
shares

रौतहट । नेपाली कांग्रेसका सभापति गगन थापाले सदस्यता अद्यावधिक नगर्ने नेताहरूलाई पार्टीले सदस्यका रूपमा पहिचान नगर्ने स्पष्ट पार्नुभएकाे छ ।

झापामा मंगलवार आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले पार्टी अब पूर्ण रूपमा डिजिटल र प्रणाली (सिस्टम) मा आधारित भएर अघि बढ्ने उद्घोष गर्नुभएकाे हाे ।

पार्टीभित्रको इतर समूह, विशेषगरी पूर्वसभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहका केही नेताहरूले सदस्यता अद्यावधिक नगरेको सन्दर्भलाई जोड्दै उहाँले यस्तो धारणा राख्नुभएकाे हाे ।

सभापति थापाले सदस्यता अद्यावधिक नगर्ने नेताहरूलाई पार्टीले आदर र माया गरे पनि वैधानिक रूपमा सदस्य स्वीकार नगर्ने बताउनुभयाे । ‘कसैले सदस्यता अद्यावधिक गर्नुभएको छैन भने क्षमा गर्नुहोला, पार्टीले सम्मान गर्छ, माया गर्छ, तर सदस्यका रूपमा चिन्दैन। अब सिस्टमले नै चिन्दैन,’ उहाँले भन्नुभयाे ।

कांग्रेसमा नयाँ र सक्षम पुस्ताको नेतृत्व उदाउँदै गएको भन्दै थापाले खुसी व्यक्त गर्नुभयाे । पुरानो शैलीमा कुर्सी मात्र ओगटेर बस्ने प्रवृत्तिले पार्टी अघि बढ्न नसक्ने उहाँको टिप्पणी थियो। कांग्रेस चलाउन सक्ने ’एक से एक’ युवा साथीहरू आइसकेकाले अब उनीहरूले नै पार्टी सम्हाल्ने विश्वास उहाँले व्यक्त गर्नुभयाे ।