नेपाली भाषामा अनुवादित: संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्र सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधन'को पूर्ण...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । प्रस्तावना: बहसको वास्तविक प्रश्न नेपाल विकासको नयाँ मोडमा उभिएको छ...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा मेडिकल व्यवसायी सुनिल शर्माले आर्थिक अवस्था कमजोर भएका...

पुरा पढ्नुहाेस्

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोध र गैरकानुनीपूर्ण भएको एमालेको ठहर

1.33K
shares

काठमाडौं । नेपाल एमालेले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोधबाट प्रेरित र गैरकानुनी कदम भएको ठहर गरेको छ ।

मंगलबार बसेको एमाले केन्द्रीय सचिवालयको बैठकले पौडेलको गिरफ्तारीको राजनीतिक तथा कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको हो ।

पार्टीले सम्पत्ति शुद्धीकरणको बहानामा गरिएको उक्त गिरफ्तारीमा कुनै वस्तुपरक तथ्य वा प्रमाण प्रस्तुत नगरिएको दाबी गरेको छ । एमालेले यस घटनालाई राजनीतिक पूर्वाग्रह र प्रतिशोधको परिणामका रूपमा व्याख्या गरेको छ ।

बैठकले विशेष अदालतले अनुसन्धानका क्रममा पूर्वापक्षका लागि थुनामा राख्न दिएको आदेशप्रति पनि असहमति जनाएको छ । पार्टीकाअनुसार उक्त आदेश न्यायसम्मत नरहेको निष्कर्ष निकालिएको छ ।

सचिवालय बैठकले उपाध्यक्ष पौडेलको बिनासर्त तथा अविलम्ब रिहाइको माग गरेको छ ।