काठमाडौं । नेपाली कांग्रेसका नेता तथा मेडिकल व्यवसायी सुनिल शर्माले आर्थिक अवस्था कमजोर भएका...

पुरा पढ्नुहाेस्

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बाढीपहिरोबाट प्रभावित विद्यार्थी तथा बालबालिकालाई निःशुल्क...

पुरा पढ्नुहाेस्

काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

२०५८ सालमा भएको दरबार हत्या काण्डको अनुसन्धान गर्ने गृहमन्त्री गुरुङको निर्णय

3.84K
shares

काडमाडौँ । गृहमन्त्री सुधन गुरुङले मंगलबार पुनः पदभार ग्रहण गर्नुभएको छ ।

राष्ट्रपति निवास शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि उहाँ सिंहदरबारस्थित गृहमन्त्रालय पुगेर पदभार सम्हाल्नुभएको हो । पदभार सम्हाल्ने क्रममा गृहमन्त्री गुरुङले नारायणहिटी दरबार हत्या काण्डको अनुसन्धान अघि बढाउने निर्णयसमेत गर्नुभएको छ ।

मन्त्रालयमा मंगलबार साँझ पदभार ग्रहण गर्दै उहाँले २०५८ सालमा भएको दरबार हत्या काण्डको अनुसन्धान गर्ने बताउनुभएको हो । गुरुङ गोरखा–१ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का प्रतिनिधिसभा सदस्य हुनुहुन्छ ।

पुनः गृहमन्त्रीको जिम्मेवारी सम्हालेसँगै उहाँको आगामी कार्यकाल र मन्त्रालयका प्राथमिकताप्रति राजनीतिक वृत्तमा चासो बढेको छ।