काठमाडौँ । प्रतिनिधिसभा बैठकको वेलमा विपक्षी दलहरूले नाराबाजी नरोकपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघको अध्यक्षमा करुणा कटुवाल नियुक्त हुनुभएको छ ।...

पुरा पढ्नुहाेस्

काठमाडौँ । श्रम संस्कृति पार्टी कोशी प्रदेशको अध्यक्षमा खोटाङका प्रताप राई निर्वाचित हुनुभएको छ...

पुरा पढ्नुहाेस्

ट्रेलरमा ‘माइकल अधिकारी’

882
shares

काठमाडौँ । गोपिकृष्ण प्रोडक्सनका लागि उद्धव पौडेलद्वारा निर्मित नयाँ नेपाली फिल्म ‘माइकल अधिकारी’ को ट्रेलर सार्वजनिक भएको छ ।

बुधवार गोपिकृष्ण सिनेमा हलमा आयोजित एक समारोहमा ट्रेलर सार्वजनिक गरिएको हो ।

फिल्मको ट्रेलरमा मुख्य पात्र सौगात मल्ल तथा सृष्टि श्रेष्ठ छन् ।

फिल्ममा दम्पत्तिको रुपमा प्रस्तुत भएका सौगात र सृष्टिले पैसाका लागि भाडाको कोख बेच्ने निर्णय गरेसंगै कथामा ट्वीस्ट आएको ट्रेलरमा देखाइएको छ । भाडाको कोखबाट सन्तान जन्मिएपछि कसरी सृष्टिको मन परिवर्तन हुन्छ र त्यसपछि उनीहरुको जीवनमा के–कस्ता संकट आइलाग्छन् भन्ने विषयलाई पनि टे«लरमा समेटिएको छ ।

यही भदौ ३ गते अर्थात कृष्णजन्माष्ठमीको दिनदेखि प्रदर्शन प्रारम्भ हुने यो फिल्मलाई रन्जीत रौनियारले निर्देशन गरेका हुन् । फिल्मको कथा पनि उनैले लेखेका हुन् ।

सौगात र सृष्टिका अतिरिक्त अशान्त शर्मा, लूनिभा तुलाधर, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, जेमिमा टम्स, दिलिप बोहोरा, केन्द्र भट्टराईलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

शैलेश कँडेल क्षेत्रीको पटकथा तथा संवाद रहेको यो फिल्मलाई मित्र डि गुरुङले सम्पादन गरेका हुन् । कमल राई तथा कविराज गहतराज यो फिल्मका कोरियोग्राफर हुन् भने फिल्ममा शम्भूजीत बासकोटा तथा रेवन सिंहको संगीत निर्देशन छ । शैलेन्द्र कँडेल क्षेत्री तथा दयाराम पाण्डेद्वारा रचना गरिएका गीतहरुमा सुगम पोखरेल, प्रताप दास, रवि ओड, टिका प्रसाईं, प्रिती कौर तथा अस्मिता अधिकारीको पाश्र्व गायन छ ।

यो फिल्मलाई काठमाडौं उपत्यकामा श्रीकृष्ण फिल्म्स तथा पाथिभरा फिल्म्स तथा काठमाडौं बाहिर जिजिए ग्रुपले वितरण गर्नेछ ।