प्रधानमन्त्री शाहले ‘भारतको जग्गा नेपालले मिचेको’ भन्नु निन्दनीय र आपत्तिजनक : सभापति थापा
२०८३ जेठ १८ सोमवार १५:४०
shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार प्रतिनिधिसभामा ‘भारतको जग्गा नेपालले मिचेको’ भन्ने विषय निन्दनीय रहेको टिप्पणी गर्नुभएको ।
सोमबार कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा बोल्दै उहाँले प्रधानमन्त्री बालेनले बोलेको विषयमा आपत्ति जनाउनुभएको हो ।
नेपालको सार्वभौमिकता, नेपालको भौगोलिक अखण्डता र नेपालको राष्ट्रिय सुरक्षासँग जोडिएको यस्तो संवेदनशील विषयमा सम्माननीय प्रधानमन्त्री ज्युले राखेको विषय निन्दनीय र घोर आपत्तिजनक रहेको भन्दै सभापति थापाले टिप्पणी गर्नुभयो ।
छिमेकीसँग कूटनीतिक माध्यमबाट समाधान गर्नसकिने सम्भावनालाई प्रधानमन्त्री बालेनको अभिव्यक्तिले क्षीण बनाएकोसमेत उहाँको भनाई रहेको छ ।




















