काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

अगस्ट १६, क्यानाडा- नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले क्यानाडामा ‘स्ट्रेन्थेनिङ द नेपाली डायस्पोरा...

पुरा पढ्नुहाेस्

भर्जिनिया, अमेरिका – नेपाली कांग्रेसको विदेशस्थित भ्रातृ संस्था 'नेपाली जनसम्पर्क समिति अमेरिका'को नयाँ नेतृत्वका...

पुरा पढ्नुहाेस्

बजेट सानो हो, महत्त्वाकांक्षी होइन : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

1.95K
shares

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सानो आकारको रहेको र महत्त्वाकांक्षी नभएको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दाबी गर्नुभएको छ ।

बजेटपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले वाञ्छित सीमाभित्र नै बजेट आएको दाबी गर्नुभयो । बजेटलाई कुल गार्हस्थ उत्पादन अनुपातसँग तुलना गरेर हेर्नुपर्ने उहाँले बताउनुभयो ।

विगतमा कुल गार्हस्थ उत्पादनका आधारमा ३७ प्रतिशत बराबरसम्मको बजेट आकार आएको उल्लेख गर्दै उनले यो पटक प्रक्षेपित बजेटको २८.५ प्रतिशत हाराहारी मात्रै बजेटको आकार रहेको उल्लेख गर्नुभयो ।

विगतका वर्षमा ८/९ प्रतिशत हाराहारीका दरले मात्रै राजस्व वृद्धि भइरहेको सन्दर्भमा अहिले २० प्रतिशत वृद्धिको लक्ष्य लिइएको उहाँले बताउनुभयो ।