काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट पार्टीको नयाँ सभापतिमा गगनकुमार थापा बहुमतका...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । नेपाली कांग्रेस नेपालको सबैभन्दा पुरानो दल त हो नै सँगै...

पुरा पढ्नुहाेस्

काठमाडौँ । मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले बालबालिकामा पटक–पटक हुने टन्सिलको संक्रमणको समयमै उपचार...

पुरा पढ्नुहाेस्

बिपी राजमार्गमा लेदो पन्छाएपछि यातायात पुनः सञ्चालन

1.21K
shares

काठमाडौं । रातभर परेको अविरल वर्षाका कारण बिपी राजमार्गको निर्माणाधीन सडक खण्डमा झरेको लेदो पन्छाएर यातायात पुनः सञ्चालनमा ल्याइएको छ ।

शनिबार विहान बिपी राजमार्गअन्तर्गत नार्के र पिन्थलीबीचको खण्ड (मंगलटारबाट करिब ३ किलोमिटर भकुन्डेतर्फ) वर्षासँगै लेदो माटो र गेग्रान खस्दा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सडक अवरुद्ध भएलगत्तै सुरक्षाकर्मी तथा प्राविधिक टोलीले डोजरको सहायताले लेदो हटाउने कार्य तीव्र पारेका थिए । सडकमा जम्मा भएको लेदो पन्छाएपछि रोकिएका सवारीसाधनहरू गन्तव्यतर्फ प्रस्थान गर्न थालेको स्थानीय प्रशासनले जनाएको छ । सडक खुले पनि निर्माणाधीन खण्ड भएकाले सावधानीपूर्वक यात्रा गर्न चालकहरूलाई आग्रह गरिएको छ ।