काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

राष्ट्रिय यू–१७ राष्ट्रिय पुरुष फुटबल टिमको खेलाडी छनोट हुँदै

1.21K
shares

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू–१७ राष्ट्रिय पुरुष फुटबल टिमका लागि खेलाडी छनोट गर्ने भएको छ ।

एन्फाले साफ यू–१७ च्याम्पियनसिप र एएफसी यू–१७ एसियन कप छनोटका लागि साउन ९ गते सोमबारबाट खेलाडी छनोट गरिने जनाएको छ ।

एन्फाले सदस्य जिल्ला र क्लबलाई छनोटमा खेलाडी पठाउन पत्र पठाईसकेको छ । एन्फाले २०६२ साल पुस १६ पछि जन्म भएका खेलाडीलाई मात्र छनोटमा सहभागी गराईने जनाएको छ ।

श्रीलंकामा आयोजना हुने साफ यू–१७ आगामी सेप्टेम्बर ५ बाट हुनेछ । यस्तै भियतनाममा हुने यू–१७ एसियन कप छनोट अक्टोबर १ देखि ९ सम्म हुनेछ ।