काठमाडौं । वरिष्ठ पत्रकार एवम लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

करार कर्मचारी नहटाउन प्रधानमन्त्री रोजगार कार्यक्रमको आग्रह

1.1K
shares

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत प्रधानमन्त्री रोजगार कार्यक्रमले करारका कर्मचारी नहटाउन आग्रह गरेको छ । गाउँपालिका र नगरपालिकाहरूलाई चिठी लेख्दै यस्तो आग्रह गरेको हो।

नयाँ जनप्रतिनिधि आएपछि यसअघि जनप्रतिनिधिले राखेका करारका कर्मचारीको साउन १ गतेदेखि स्थानीय सरकारहरूले म्याद थप गरेका थिएनन् । यसरी म्याद नथपेपछि करारमा काम गरिरहेका कर्मचारीहरुको मनोवलमा असर पर्ने भन्दै उनीहरुलाई नहटाउन आग्रह गरेको हो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगार सेवा केन्द्रमा कार्यरत रोजगार संयोजक र प्राविधिक सहायकको करार सम्झौता पनि स्थानीय तहले भंग गरिदिएपछि प्रधानमन्त्री रोजगार केन्द्रले त्यसो नगर्न भनेको छ।

गत असार १५ गते नै रोजगार संयोजक र प्राविधिक सहायक नहटाउन पत्राचार गरिएको थियो। तथापी गाउँपालिका र नगरपालिकाले करारमा काम गरिरहेका कर्मचारीहरुमो म्याद थप गरेको थिएन ।

रोजगार संयोजक तथा प्राविधिकहरूको तलब भत्तादेखि अन्य सेवा सुविधा केन्द्र सरकारबाट दिने गरिएको उल्लेख गर्दै राष्ट्रिय कार्यक्रम निर्देशक डुण्डुराज घिमिरेले ‘कानूनी प्रक्रियाअनुसार बाहेक सेवाबाट कर्मचारी नहटाउन आग्रह गरेका हुन ।