काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी फ्ल्यास फ्लडले नेपाललाई फेरि एउटा...

पुरा पढ्नुहाेस्

काठमाडौं । नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग...

पुरा पढ्नुहाेस्

फोहोरलाई स्रोत बनाउँदै व्यासको १४ लाख आम्दानी

1.47K
shares

तनहुँ । व्यास नगरपालिकाले फोहोरजन्य वस्तु बिक्रीबाट चालु आर्थिक वर्ष २०८२/८३ को सुरुवाती सात महिनामै १४ लाख ५० हजार ६११ रुपैयाँ आम्दानी गरेको छ । साउनदेखि माघसम्म संकलित पुनःप्रयोग योग्य वस्तु बिक्रीबाट उक्त आम्दानी भएको हो ।

फोहोर व्यवस्थापनको चुनौती सामना गर्दै आएको नगरपालिकाले घरबाटै कुहिने र नकुहिने फोहोर छुट्याएर संकलन गर्ने प्रणाली लागू गरेको जनाएको छ । नगरपालिकाले नकुहिने फोहोरभित्रका सिसा, प्लास्टिक र कागज अलग गरी मेसिनमार्फत कम्प्रेस गरेर बिक्री गर्ने गरेको छ ।

नगरपालिकाले टोल, वडा र विद्यालयस्तरमै पुगेर फोहोर वर्गीकरणसम्बन्धी जनचेतना कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । ३२ वर्षसम्म स्थायी समाधान हुन नसकेको फोहोर व्यवस्थापन समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न जग्गा व्यवस्थापनमा पहल भइरहेको पनि नगरपालिकाले जनाएको छ ।