काठमाडौं । वरिष्ठ पत्रकार एवम लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

पोखरादेखि ३४ यात्रु लिएर काठमाडौँ जाँदै गरेको बस धादिङमा दुर्घटना

1.26K
shares

काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैँसीगौडामा सोमबार बिहान दुर्घटना भएको बस पोखराबाट ३४ यात्रु लिएर काठमाडौँका लागि छुटेको पृथ्वी राजमार्ग बस सञ्चालक समितिले जनाएको छ ।

पोखराको पर्यटक बसपार्कबाट आइतबार साँझ ७ बजे छुटेको ग.१ख १४२१ नं. उक्त बसमा ३४ यात्रुसहित चालक र दुईजना बसका कर्मचारी सवार थिए ।

पोखरादेखि बस छुट्दा चालक, कर्मचारीसहित बसमा ३७ जना सवार रहेकोमा बीच बाटोमा अन्य यात्रु पनि चढेको प्रहरीको अनुमान छ । बस दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । दुर्घटनास्थलमा १७ र उपचारका क्रममा काठमाडौंको ट्रमा सेन्टरमा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।