नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र औपचारिक शुभकामना सन्देशहरूमा एउटा भाषिक...

पुरा पढ्नुहाेस्

काठमाडौँ । दशैँमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप...

पुरा पढ्नुहाेस्

पोखरादेखि ३४ यात्रु लिएर काठमाडौँ जाँदै गरेको बस धादिङमा दुर्घटना

1.83K
shares

काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैँसीगौडामा सोमबार बिहान दुर्घटना भएको बस पोखराबाट ३४ यात्रु लिएर काठमाडौँका लागि छुटेको पृथ्वी राजमार्ग बस सञ्चालक समितिले जनाएको छ ।

पोखराको पर्यटक बसपार्कबाट आइतबार साँझ ७ बजे छुटेको ग.१ख १४२१ नं. उक्त बसमा ३४ यात्रुसहित चालक र दुईजना बसका कर्मचारी सवार थिए ।

पोखरादेखि बस छुट्दा चालक, कर्मचारीसहित बसमा ३७ जना सवार रहेकोमा बीच बाटोमा अन्य यात्रु पनि चढेको प्रहरीको अनुमान छ । बस दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । दुर्घटनास्थलमा १७ र उपचारका क्रममा काठमाडौंको ट्रमा सेन्टरमा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।