नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र औपचारिक शुभकामना सन्देशहरूमा एउटा भाषिक...

पुरा पढ्नुहाेस्

काठमाडौँ । दशैँमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप...

पुरा पढ्नुहाेस्

इतिहासकार ज्ञानमणि नेपालद्वारा लिखित “अतितका स्मृती र अनुभूतिः बिश्वेश्वरदेखि विभूतिसम्म” पुस्तक सार्वजनिक

2.41K
shares

काठमाडौँ । इतिहासकार ज्ञानमणि नेपालद्वारा लिखित पुस्तक “अतितका स्मृती र अनुभूतिः बिश्वेश्वरदेखि विभूतिसम्म” नेपाल बार एसोसिएसनको हलमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि सर्वोच्च अदालतका माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल, विशिष्ट अतिथिहरु माननीय पूर्व न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई, वरिष्ठतम वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी (गुरुदेव) रहनु भएको थियो ।

विमोचित पुस्तकका बारेमा लेखक तथा वरिष्ठ साहित्यकार कृष्ण धरावासी, माननीय पूर्व न्यायाधीश श्री शेषराज शिवाकोटी, वरिष्ठ पत्रकार श्री अरुण वराललगायतका वक्ताहरुले आफ्नो धारणा राख्ने क्रममा लेखक स्व. ज्ञानमणि नेपालको व्यक्तित्व तथा कृतिका विविध आयामका सन्दर्भमा चर्चा गर्दै प्रस्तुत पुस्तकले नेपालको आधुनिक इतिहासमा प्रकाशनमा नआएका तथ्य र घटनाहरुलाई उजागर गरेको भन्दै टिप्पणी तथा धारणा राख्नुभएको थियो ।

पैरवी बुक हाउस प्रा.लि.का अध्यक्ष अधिवक्ता श्री चन्द्रप्रसाद सिवाकोटीको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन अधिवक्ता डा. रेवतीराज त्रिपाठीले गर्नुभएको थियो ।