• २०८२ बैशाख ६ गते शनिवार

काठमाडौं: काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको ट्रफी बुधबार सार्वजनिक गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले एक कार्यक्रममाझ ट्रफी सार्वजनिक गरेका हुन् ।

शनिबारदेखि सुरु हुने च्याम्पियनसिपमा नेपाल सहित चार राष्ट्रको पाँच क्लबले सहभागी जनाउनेछन् । नेपालबाट टिपटप हेल्प नेपाल स्पोर्टस क्लब र गण्डकी प्रदेश भलिबल संघले प्रतिस्पर्धा गर्दैछन् । हेल्प नेपाल आठौ प्रधानमन्त्री कपमा विजेता बन्दै र गण्डकी प्रदेश उपविजेताको हैसियतले यो च्याम्पियनसिपमा छनोट भएका हुन ।

यसैगरी भारतको क्यालीकट हिरोज, इरानको चाडोरमालु र माल्दिभ्सको क्लब एचडिसीको सहभागीता रहनेछ । च्याम्पियनसिप मंसिर २२ गतेदेखि सुरू हुँदैछ । फाइनल खेल २९ गते हुनेछ । कार्यक्रममा बोल्दै सदस्य सचिव घिसिङले सिमित बजेट र श्रोत साधनका बाबजुद नेपाल भलिबल संघले निरन्तर रूपमा अन्तराष्ट्रिय प्रतियोगितामा आयोजना गर्दै सराहनीय कार्य गरेको बताए ।

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले अहिले क्रिकेटमा सय करोड सम्मको लगानीले व्यवसाय नै बनेको खबर पढ्ने गरेको भन्दै अहिले नै क्रिकेट र फुटबलसँग भलिबललाई तुलना गर्न नसक्ने बताए । तर भलिबलले पनि प्रगति गरिरहेको र यो च्याम्पियनसिपको बजेट एक करोडको रहेको जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *