काठमाडौं । वरिष्ठ पत्रकार एवम लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले बीपी कोइरालाको पालाको दुई...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । पछिल्ला केही दिन यता नेपालमा जहाँ पुगेपनि जलन (Burn) कै...

पुरा पढ्नुहाेस्

काठमाडौं । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप...

पुरा पढ्नुहाेस्

काभा मेन्स भलिबल क्लब च्याम्पियनसिप आजबाट सुरु

1.04K
shares

काठमाडौं: नेपाल भलिबल संघको आयोजनामा नेपाल सहित ४ राष्ट्रका ५ क्लबले सहभागी जनाएका काभा मेन्स भलिबल क्लब च्याम्पियनसिप आजबाट सुरु हुँदैछ । खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुनेछ ।

उदघाटन खेलमा आज टिपटप हेल्प नेपाल स्पोर्टस क्लबले भारतको क्यालिकट हिरोजसँग खेल्नेछ । खेल दिउँसो ३:१५ बजे हुनेछ । दोस्रो खेल साँझ ५:३० बजे गण्डकी र इरानबीच हुनेछ । नेपालबाट टिपटप हेल्प नेपाल स्पोर्टस क्लब र गण्डकी प्रदेश भलिबल संघले प्रतिस्पर्धा गर्नेछन् । हेल्प नेपाल आठौ प्रधानमन्त्री कपको विजेता र गण्डकी प्रदेश उपविजेताको हैसियतले छनोट भएका हुन ।

यसैगरी भारतको क्यालीकट हिरोज, इरानी टोली र माल्दिभ्सको क्लब एचडिसीको सहभागिता रहनेको‌ छ । ८ दिनसम्म चल्ने च्याम्पियनसिपमा कुल १४ खेल हुनेछन् । सिगंल राउन्ड रोबिन लिगमा १० खेल हुनेछन् । लिगमा उत्कृष्ट हुने ४ टिमले सेमिफाइनलमा स्थान बनाउनेछन । लिगको शीर्ष टिमले तेस्रो हुने टिमसँग र दोस्रो हुनेले चौथो स्थानमा लिग सकाउने टिमसँग सेमिफाइनल खेल्नेछ । लिग चरणबाट एक टिम बाहिरिनेछ । फाइनल खेल मंसिर २९ गते हुनेछ ।