एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

अरब क्लासिक बेसबल लिगमा भाग लिनका लागि नेपाली टोली अरब (युएई) प्रस्थान

175
shares

आर्टिकल्स पेपर, काठमाडौँ । आगामी बिहीबारदेखि संयुक्त अरब इमिरेट्स (युएई) मा हुने अरब क्लासिक बेसबल लिगमा खेल्नका लागि नेपाली खेलाडि त्यसतर्फ प्रस्थान गरेका छन् ।

निश्चल केसीको कप्तानीमा रहेको १५ खेलाडीसहित २५ सदस्यीय नेपाली राष्ट्रिय बेसबल टोलीको सोमबार एक कार्यक्रमकाबीच राष्ट्रिय खेलकुद परिषद् (राखेप) की निमित्त सदस्यसचिव अञ्जना श्रेष्ठ मास्केले राष्ट्रिय झन्डा हस्तान्तरण तथा खादा र टीका लगाएर खेलाडीहरूलाई बिदाइ गर्नुभएकाे हाे ।

नेपालको प्रशिक्षण टोलीमा मुख्य प्रशिक्षक विपिन वज्राचार्य, प्रशिक्षक सञ्जीव फुँयाल केसी, रोशन थापा र तिलक ढुङ्गाना छन् भने निश्चलको कप्तानीमा आर्यनजंग क्षेत्री, विजय पाण्डे, भविसन राई, दिनेशसिंह भण्डारी, निकेश केसी, वीरबहादुर मल्ल, रितेश विश्वकर्मा, रोहन खत्री, सनिल लामा, पुजन खिचाजु, सगुन खिचाजु, सुवास बोहरा, ईश्वर थापा र सबिन नेपाल रहेका छन्।

मध्यपूर्वी र दक्षिण एसियाका ९ राष्ट्रको सहमागिता रहने उक्त लिग आगामी बिहीबारदेखि नोभेम्बर ११ सम्म युएईको दुबईमा सञ्चालन हुँदै छ । नेपालले पहिलो पटक लिगमा प्रतिस्पर्धा गर्न लागेको हो।