नेपालमा ठगवाद भन्दा अरु कुनै पनि वाद छैनन् : प्रा.डा. उच्युत वाग्ले
२०८१ भदौ २४ सोमवार ०६:२१
shares

काठमाडौँ : काठमाडौँ विश्वविद्यालयका रजिष्ट्रार तथा अर्थविद् प्रा.डा. अच्युत वाग्लेले नेपालमा ठगवाद बाहेक अरु कुनै पनि वाद नभएको बताउनुभएको छ ।
अर्थविद तथा राजनीतिक विश्लेषक हरि रोकाद्वारा लिखित पुस्तक ‘वैकल्पिक अर्थतन्त्र’ को गत शनिबार काठमाडौँको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्राङ्गणमा आयोजना गरिएको विमोचन तथा विमर्श कार्यक्रममा आफ्नो धारणा राख्ने क्रममा वाग्लेले नेपालमा समाजवाद, पुँजीवाद लगायतका कुनै पनि वाद नभएर सबै ठगवाद मात्र भएको बताउनुभएको हो।
पुस्तकका बारेमा आफ्ना कुरा राख्ने क्रामा उहाँले भन्नुभयो,– “यो देशका ठग र ठुला व्यापारीहरुलाई चुनाव लड्का लागि, पार्टी चलाउनका लागि ठुला राजनीतिक दल र ठुला नेताहरुले संरक्षण गरेका छन् । जबसम्म राजनीति यो हदसम्म अनैतिक हुन्छ, त्यसपछि यो त पुँजीवाद कुनै वादनै हैन, हामी ठगवाद बाहेक कुनै वादमै छैनौँ ।”
यसका साथै नेपालमा अधिकांशका छोराछोरी नफिर्किने गरी विदेश गएका छन् । नेपाली पैसा विदेशी पैसासँग साट्दै विदेशीने गरेको प्रति चिन्ता व्यक्त गर्नुभएको थियो ।



















