काठमाडौँ । प्रतिनिधिसभा बैठकको वेलमा विपक्षी दलहरूले नाराबाजी नरोकपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को...

पुरा पढ्नुहाेस्

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघको अध्यक्षमा करुणा कटुवाल नियुक्त हुनुभएको छ ।...

पुरा पढ्नुहाेस्

काठमाडौँ । श्रम संस्कृति पार्टी कोशी प्रदेशको अध्यक्षमा खोटाङका प्रताप राई निर्वाचित हुनुभएको छ...

पुरा पढ्नुहाेस्

सुनुवार सेवा समाज संघीय समितिको ३६औं स्थापना दिवस भव्यताका साथ सम्पन्न

686
shares

काठमाडौं । सुनुवार सेवा समाज संघीय समितिको ३६औं स्थापना दिवस संघीय समितिको भवन कोटेश्वरमा भव्यताका साथ सम्पन्न भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री हित बहादुर तामाङको प्रमुख आतिथ्यमा स्थापना दिवस सम्पन्न भएको हो ।

स्थापना दिवसलाई सम्बोधन गर्दै मन्त्री तामाङले आदिवासी जनजातिको हक अधिकारका लागि नेपालको संविधान २०७२ संसारकै नमूना र जातजतिको हक अधिकारको लागि सुनिश्चित गरेको दावी गरे । मन्त्री तामाङले अझै पनि संविधान संशोधन गर्न मिल्ने ठाउँहरु प्रसस्तै रहेका हुनाले अपुरो रहेका जनजातिले प्राप्त गर्नुपर्ने हक अधिकार थप गर्न सकिने सम्बोधनका क्रममा बताए । मन्त्री तामाङले कार्यक्रमको सफलताको शुभकामना दिँदै जनजातिहरुको हक अधिकार सहित पहिचान र समनताको पक्षमा एक्येवद्धता जनाउने प्रतिबद्धता व्यक्त गरे ।

स्थापना दिवस कार्यक्रममा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगर, किरात राई यायोख्खाका केन्द्रीय उपाध्यक्ष जनक राई, पूर्व माननीय तथा प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवार, आदिवासी जनजाति महासंघका महासविच दिवस राई, आदिवासी जनजाति विद्यार्थी महासंघका अध्यक्ष अनुप चौधरी, सुनुवार सेवा समाजका संस्थापक प्रेम बहादुर सुनुवार “हाँवाली” सुनुवार सेवा समाजका पुर्व अध्यक्षद्वय मनप्रसाद सुनुवार र रणबीर सुनुवार, नेपाल सरकार उपसचिव तथा राष्ट्र सेवकका अध्यक्ष अमरदीप सुनुवार, होलिस्टिक हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष एलबी सुनुवारले संस्थाका बारेमा आफ्नो भनाई राख्दै शुभकामना व्यक्त गरेका थिए । लगायतले शुभकामना व्यक्त गरेका थिए ।