एक इतिहासकारका रूपमा मैले इतिहासका प्रमुख उपभोक्ता बहिष्कारहरूको अध्ययन गरेको छु । त्यो सन्दर्भमा...

पुरा पढ्नुहाेस्

नेपालमा फेरि चुनावको माहोल सुरु भएको छ । गाउँ टोलदेखि सहरसम्म झण्डा फहराइरहेका छन्,...

पुरा पढ्नुहाेस्

७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्वप्रथम जहानियाँ निरंकुश राणा शासनको अन्त्य गर्न र जनअधिकार,...

पुरा पढ्नुहाेस्

विविध कार्यक्रमका साथ नेजा स्थापना दिवस मनाइँदै 

161
shares

रक्तदानदेखि वृक्षरोपणसम्म 

अमेरिका ।

नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आफ्नो स्थापना दिवस विविध कार्यक्रमका साथ मानउँदै छ । संघले पहिलो अधिवेशन भएको मितिलाई आधार मानेर अप्रिल २१ लाई नेजा स्थापना दिवसको रुपमा मनाउन सुरु गरेको हो । संघको पहिलो अधिवेशन अप्रिल २१ र २२, २००७ मा भर्जिनियामा भएको थियो । 

संघको स्थापना दिवसको अवसरमा  रक्तदान, शुभकामना आदान-प्रदान, वृक्षरोपणजस्ता विविध कार्यक्रमको आयोजना  गरिएको छ । यसबाहेक पनि क्षेत्रगत रुपमा अमेरिकाका विभिन्न राज्य तथा सहरमा नेजा स्थापना दिवसलक्षित कार्यक्रमहरु आयोजना गरिएका छन् । क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा अप्रिल १३ मा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ भने अप्रिल २१ मा म्यासाच्युसेट्स राज्यको ब्रेनट्रीमा अवस्थित पशुपतिनाथ तथा बुद्व मन्दिरमा शुभकामना आदान-प्रदान तथा दीप प्रज्वलन कार्यक्रम गर्न लागिएको नेजाका उत्तर-पूर्व क्षेत्रीय संयोजक सुपेन्द्र बस्नेतले जानकारी दिनुभयो । 

यसैगरी, अप्रिल २१ मा टेक्सासको डालसमा रहेका पत्रकार एवं सञ्चारकर्मीहरूको सहभागितामा शुभकामना आदान-प्रदान तथा परदेशमा गरिरहेको पत्रकारिताका सन्दर्भमा चर्चा-परिचर्चा गर्ने कार्यक्रम राखिएको संघका मध्य क्षेत्रीय संयोजक शंकर थापाले जानकारी दिनुभयो । 

यस्तै, संघका विविध कार्यक्रमअन्तर्गत ब्लड डोनर्स अफ अमेरिकासँगको सहकार्यमा टेक्सासको युलेसमा अवस्थित नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र परिसरमा अप्रिल २० मा रक्तदान कार्यक्रम, अप्रिल २१ मा संघका संस्थापक, संस्थापक तथा पूर्वअध्यक्ष, पूर्वपदाधिकारी, संघका सदस्य, पत्रकारितासँग सम्बन्धित विभिन्न संघ-संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागितामा अनलाइन (जुम) माध्यममार्फत शुभकामना आदान-प्रदान तथा अन्तरक्रिया कार्यक्रम र अप्रिल २२ मा डालस एभरेस्ट लायन्स क्लब तथा लायन्स डिस्ट्रिक्टसँगको सहकार्यमा वृक्षरोपण कार्यक्रम आयोजना गरिएको संघका महासचिव बाबुराम दाहालले जानकारी दिनुभयो ।