नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै सञ्चारमाध्यम, सामाजिक सञ्जाल र औपचारिक शुभकामना सन्देशहरूमा एउटा भाषिक...

पुरा पढ्नुहाेस्

काठमाडौँ । दशैँमा आफन्तसँगको भेटघाट, खानपान र रमाइलोमा व्यस्त हुँदा स्वास्थ्यप्रति लापरबाही नगर्न आयुर्वेद...

पुरा पढ्नुहाेस्

आर्टिकल्स पेपर, काठमाडौँ । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप...

पुरा पढ्नुहाेस्

नेजा स्थापना दिवसको अवसरमा शुभकामना आदान-प्रदान

1.72K
shares

सानफ्रान्सिस्को (क्यालिफोर्निया) ।
नेपाल अमेरिका पत्रकार संघले आफ्नो स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै छ । यसै क्रममा संघसम्बद्व पत्रकारहरुले अप्रिल १३, शनिबार सानफ्रान्सिस्कोमा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम गरी स्थापना दिवस मनाएका छन् । नेपाली नयाँ वर्षको शुभारम्भको अवसर पारेर नेजा स्थापना दिवस एवं नयाँ वर्षको शुभकामना आदान-प्रदानसमेत गरिएको थियो ।

सो अवसरमा संघका अध्यक्ष सुरज भण्डारीले संघले गरिरहेको गतिविधि र भावी कार्यक्रमका बारेमा जानकारी दिनुभएको थियो । संघका कार्यसमिति सदस्य ईश्वरी न्यौपानेले सहजीकरण गरेको कार्यक्रममा संघका सल्लाहकार सरोज काफ्ले, क्षेत्रीय संयोजक (पश्चिम) रोशन अधिकारी, पूर्वक्षेत्रीय संयोजक (पश्चिम)हरु शिव नेपाल, ध्रुव कुँवर, पूर्वकार्यसमिति सदस्य सन्दीपबाबु चौधरी, सदस्यहरु सुदर्शन नेपाल, बबिता खनाल, जीवन्त वाग्ले, उत्तम धमला, दीक्षा बस्नेत, दीपक दाहालको सहभागिता रहेको थियो । यसैगरी, कार्यक्रममा गैरआवासी नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाका बोर्ड अफ डाइरेक्टर नवराज न्यौपाने, क्षेत्रीय संयोजक महेन्द्र बस्नेत, रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ का एसिस्टेन्ट गर्भनर हिमाल गैरे, नेपाली समाज टेक्ससका सचिव पुण्य पाण्डेको समेत सहभागिता रहेको थियो ।

परेडमा नेजाको सहभागिता

नेपाली नयाँ वर्षको अवसर पारेर क्यालिफोर्नियाको सानफ्रान्सिस्को सहरमा अप्रिल १४ मा भएको नेपाल डे परेडमा नेपाल अमेरिका पत्रकार संघ (नेजा) को समेत सहभागिता रहेको थियो । एनआरएनए, क्यालिफोर्निया च्याप्टर, वेस्ट रिजन र जनजाति महासंघ, क्यालिफोर्निया तथा सानफ्रान्सिस्को वरपर सक्रिय संघ-संस्थाहरुको आयोजना एवं अन्य विभिन्न संघ-संस्थाहरुको सहभागितामा परेड सम्पन्न भएको थियो ।